सर्लाही ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले पत्रकार हरु सँग परिचयात्मक कार्यक्रम गर्नुभएकोे छ । जिल्ला प्रशासन कार्यलय सर्लाहीको नवनिर्मित भवनमा जिल्लाको समग्र शान्ति सुरक्षा तथा समसामयिक विषय प्रजिअ श्रेष्ठले सर्लाहीका पत्रकार सँग छलफल गर्नुभएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी प्रमुख बिनोदराज खनालको समेत सहभागीतामा जिल्लाको समग्र शान्ति सुरक्षा तथा समसामयिक विषयमा सर्लाहीका पत्रकार सँग छलफल भएको जिल्ला प्रशासन कार्यलय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई ईश्वरपुरका नगर प्र्रमुख मनोज कुमार आचार्यले स्वागत गर्दै सम्मान गर्नुभएको उहाको निजी सचिवालयले जनाएको छ ।