स्थाई सरकारको निम्ति दुई ठुला दल मिलेको कांग्रेस केन्द्रीय सदस्य जवराको भनाइ
सर्लाही,२९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय समशेर जवराले अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकिने भएको हुदा नेकपा एमाले र कांग्रेसको गठबन्धन भएको बताउनुभयो ।गठबन्धन बनाउनेको मुख्य उदेश्य स्थिर सारकार बनाउने भएको उहाले बताउनुभयो ।नेपाली कांग्रेस सर्लाही क्षेत्र नं १ (क) को आयोजनामा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्नु हुँदै केन्द्रीय सदस्य जवराले प्रदेश र संघ सरकारमा स्थाई नभएको हुदा पनि दुई ठुला पार्टी मिलेको बताउनुभयो ।नेपालमा ६ महिनामा नै सरकार ढलेपछी विकास निर्माणको काम शुस्त गतिमा भएको उहाले बताउनुभयो ।
एमाले र कांग्रेस गठबन्धन गर्न कहिले पनि मानसिकता बनाएको थिएन । तर स्थिर सरकारको निम्ति दुई ठुला दल मिलेको उहाले बताउनुभयो ।उहाले फरक प्रसंगमा बोल्नु हुँदै मध्यम बर्गको लागि सहकारीको आवश्यकता भएको बताउनुभयो । रवि लामिछाने विरुद्ध राजनीतिक रुपमा कांग्रेसले आक्रमण नगरेको बताउनुभयो । उहाले सहकारी नाममा हिनामिना गर्ने व्यक्तिलाई र सहकारीलाई व्यवस्थापन गर्न कांग्रेस सहकारी पिडीतको आवाज बन्ने प्रयास गरेको केन्द्रीय सदस्य जवराले बताउनुभयो ।मधेस केन्द्रित दलको बदमासीका कारण पनि तराई मधेश दृत मार्ग र निजगढ अन्तर्राष्टिय विमान स्थल बन्न नसकेको उहाले बताउनुभयो ।उहाले सर्लाही कांग्रेसक लागि सम्भावना भएको जिल्ला भएको बताउनुभयो । सर्लाहीको विवाद केन्द्रले होइन जिल्लामै मिलाउन सकनुपर्छ बिबाद मिलाए सर्लाहीमा कांग्रेस बलियो हुने बताउनुभयो ।
नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति तथा पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले तीनवटा कारणले पार्टी कार्यकर्तामा निराश सृजना गरेको बताए । उनले गुटउपगुट,विधानको पलना नहुने र चारतारे झण्डा मनपर्ने तर रूख चिन्ह मन नपर्ने कारणले अहिलेको अवस्थामा आएको बताए । उनले २०७९ साल कार्तिक २८ गते आजभन्दा अढाइ वर्ष अघिनै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै जिल्ला अनुशासन समितिले निस्कासन गरेको व्यक्ति अहिले म उपसभापति हु भन्दै हिडेको बताए । त्यस्ता व्यक्तिलाई पार्टी विधानअनुसार नगरिए चारतारे झण्डा बोकेर लाभ लिने र पार्टीको चुना चिन्हमा भोट नहाल्ने उम्मेदवार विरूद्ध अन्तरघात गर्ने क्रम नरोकिने तर्क गरे ।
कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ , मधेस प्रदेश सांसद जंगिलाल रायले पार्टी अधिवेनको तिक्तता ५ वर्ष सम्म रहनेर यसले तीनै तहको निर्वाचन प्रभावित पर्ने भएकाले समयमै पार्टी अधिवेशन गर्न नेतृत्वलाई सुझाव दिए ।
जिल्ला समन्वय समितिका सभापति कौशल किसोर सिंहले स्थानीय तहमा छाडापन बढेको बताउनुभयो । स्थानीय तहको बेथिति हटाउन संघ र प्रदेश जस्तै ह्विप लगाउन आवश्यक रहेको जिल्ला समन्वय समिति सभापति सिंहले बताउनुभयो ।