२९ पुष २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मदन बहादुर विश्वकर्मा सर्लाही जिल्ला भूमि समस्या समाधान समितिको अध्यक्षमा नियुक्त – Nigrani Today
Uncategorizedसमाचारसमाजस्थानीय

मदन बहादुर विश्वकर्मा सर्लाही जिल्ला भूमि समस्या समाधान समितिको अध्यक्षमा नियुक्त

सर्लाही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सर्लाही जिल्ला ईखरपुर नगरपालिका–१२ निवासी मदन बहादुर विश्वकर्मालाई भूमि समस्या समाधान आयोग, जिल्ला समिति सर्लाहीको अध्यक्ष पदमा नियुक्त गरेको छ।लामो समयदेखि भूमि अधिकारबाट वञ्चित समुदायको अधिकारका लागि संघर्षरत सामाजिक अभियन्ता तथा नेपाली कांग्रेस मधेश प्रदेश सदस्य विश्वकर्मा अध्यक्ष पदमा नियुक्त भएपछी उहाको शुभचिन्तकहरु खुसि भएका छन।

भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (३) बमोजिम पदावधि कायम हुने गरी मन्त्रीस्तरीय निर्णय अनुसार आज नियुक्ति गरिएको मन्त्रालयले जानकारी दिएको छ।

विश्वकर्मालाई नियुक्त गर्दै मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी समस्याको समाधानमा सक्रिय भूमिका खेल्न अपेक्षा गरेको छ।

यस नियुक्तिसँगै उनले सर्लाही जिल्लामा भूमि समस्या समाधानका कार्यलाई अझ प्रभावकारी बनाउन नेतृत्व दिने विश्वास गरिएको छ। मन्त्रालयले उनलाई बधाई तथा शुभकामना दिएको छ।

विश्वकर्माले सर्लाही जिल्लामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ।

यो नियुक्ति भूमिहीनहरूको हकहित सुनिश्चित गर्न सरकारको प्रयासलाई बलियो बनाउने पहल मानिएको छ।

विश्वकर्माको नियुक्तिसँगै सामाजिक कार्यकर्ता र भूमि अधिकारकर्मीहरूले उनलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button