२ माघ २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको हरिवन र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक बिस्तार गर्न सहमतीय सम्झौतामा हस्ताक्षर – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाहीको हरिवन र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक बिस्तार गर्न सहमतीय सम्झौतामा हस्ताक्षर

भक्ती रिजाल
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका तथा सिन्धुलीको हरिहरपुरगढी गाउपालिका जोड्ने सडक निर्माण गर्न दुबै पालिकाले सहमतीय सम्झौतामा हस्ताक्षर गरेका छ्न्  ।

सर्लाहीको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) तथा सिन्धुलीको हरिहरपुरगढी गाउँ पालिका अध्यक्ष बज्रध्वज वाइबाको सहमति अनुसार हरिवन नगरपालिकाको कार्यालयमा बसेको दुबै गाउँ र नगरपालिका बिचको सहमतीय सम्झौतामा एक आपसमा बार्ता र सम्बाद गरि जनताको मार्कालाइ सम्बोधन हुने तरिकाबाट सडक बिस्तार गर्ने बिषयमा सहमति भएको हरिवन नगरपालिकाका प्रमुख प्रसशकीय अधिकृत प्रतिक कार्कीले जानकारी दिए ।

बिस्तार हुने सडकहरुमा केराबारी, रागीचुरी, रागेदोभान जोड्ने सडक खण्ड- हरिवन क्यानेश्वर सडक खण्ड = तथा
तित्री गाछी धुम्बे भुताहा सडक खन्ड र, अत्रौली केवन्चुली भुताहा बरुण सडक खण्ड रहेका छ्न ।
दुबै नगरपालिका र, गाउपालिकाका सडखरु निर्माण भए संगै सिन्धुलीका जनतालाई हरिवन आउन जान सुबिस्ता हुने भएकाले यो सडक निक्कै महत्वको रहेको हरिवन नगरपालिका दुइका स्थानीय सिताराम न्यौपानेले खुसी ब्यक्त गरे ।

“अब चाडै नै सहमति अनुसार सडक बिस्तार हुनेमा सबैलाई ढुक्क रहन अपिल गरेका छौँ, -हरिहरपुरगढी गाउपालिकाका योजना शाखा प्रमुख राजु कुमार उप्रेतीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button