सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नं. ११ छतौनामा आयोजित महाबिरी झण्डा महोत्सव भव्य रूपमा सुरु भएको छ। महोत्सवका प्रमुख अतिथि जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्री चन यादव रहनुभएको थियो भने उद्घाटन वार्ड अध्यक्ष श्री सुखलाल सहनीले गर्नुभएको थियो।यस महोत्सवमा करिब ५,००० जना सहभागी भएका थिए।
महोत्सवलाई आकर्षक बनाउन विभिन्न खेलकुद प्रतियोगिता र मनोरञ्जनात्मक साधनहरूको व्यवस्था गरिएको छ ।महाबिरी झण्डा महोत्सवको मुख्य उद्देश्य संस्कृतिको संरक्षण र विकास गर्नु रहेको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा उपस्थितहरूले “सबका साथ र सबका विकास“ को नारालाई आत्मसात् गर्दै समाजको समग्र विकासका लागि एकजुट हुन आह्वान गरेका छन्।यस महोत्सवले स्थानीय स्तरमा संस्कृतिको जगारना र समुदायमा एकता र सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।