१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
मलंगवामा कर्फ्यू आदेश जारी – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मलंगवामा कर्फ्यू आदेश जारी

सर्लाही,२३ भदौ । सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरिएको छ । शनिवार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मलंगवा नगरक्षेत्र( पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा अस्थाई प्रहरी चौकी÷ बाबा पेट्रेल पमप) सिमा क्षेत्र सम्म प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेको छ । शुक्रवार राती कृष्ण जन्माअष्ट्मीको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्रमा शान्ति अवस्था बिग्रेको थियो । स्थिती नियन्त्रण लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गर्नु परेको थियो ।

सोही विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार गरि विरोध प्रदर्शन हुनथाले पछि सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै, स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएको प्रजिअ ईन्द्रदेव यादवले जानकारी दिनुुभयो ।

दुुई समुदायबीचको विवाद समाधान गर्न सर्वदलीय÷ सर्वपक्षीय बैठक बसी समाजिक सद्भाव कायम गर्न सार्वजनिक अपिल गर्दा पनि मलंगवा क्षेत्रमा शनिवार विहानै देखी भएको सार्वजनिक सम्पतिको तोडफोड, आगजनी, ढुुङ्गामुढा प्रहार, उत्श्रृङख्ल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कफ्रर्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनुुभयो ।

क्फ्र्यू शनिवार बेलुका ५ बजे देखी सुरु भई आइवार बिहान ८ बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) (१) (३) बमोजिम जारी गरिएको जिल्ला प्रशासन कर्यालय सर्लाहीले जनाएको छ । कफ्र्यू आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यक्ता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आइतवार विहानै दुबै सुमदायका अगुवाहरुलाई राखेर धार्मिक सदभावमा खलल नपुर्याउन र शान्ति बहाल गर्नमा स्थानीय प्रशासनलाई साथ दिन भनिएपछि अवस्था झन्ै उग्र बन्दै जाँदा बाध्य भएर सदरमुकाम मलंगवामा निशेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रमुख जिल्ला अधिकारी यादवले सम्भावित स्थलमा अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मलंगवाको नगरपालिका चोक, मुख्य बजार क्षेत्रसहित भित्री बस्ती र सडकहरुमा समेत प्रदर्शन र ढुंगामुढा भडरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहदा निषेधाज्ञा जारी गरिएको बताइएका छन् ।

दुई पक्षिय झड्पबाट सम्पूर्ण पसल, व्यवसाय बन्द छन भने प्रदर्शनकारीबाहेक अन्य मानिसको चहलपहल छैनन भने मलंगवा भएर चलने छोटो दुरीका यातायातका साधन संचालन हुन सकेका छैनन् । भने संघिय राजधानी सहित अन्य स्थान सम्ममा चल्ने लामो दुरीका सवारी साधनलाई प्रहरी स्कटिंगमा मलंगवाबाट नवलपुर राजमार्ग सम्म पठाई अपरान्ह् ५ बजे देखि निषेधाज्ञा जारी गरिने प्रहरीद्धारा मलंगवा भरी माइकिंग गरिएको सुरक्षा श्रोतबाट बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.