सर्लाही । जनमत पार्टीले आज सर्लाही जिल्लाका सबै २० पालिकाका अधिकांश वडामा बलिदान दिवस भव्य रूपमा मनाएको छ। बलिदान दिवसको अवसरमा प्रत्येक वडामा मैनबत्ती बालेर र दीप प्रज्वलन गर्दै श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको थियो।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा बलिदानीहरूको योगदानलाई सम्झिँदै कार्यक्रमहरू गरिएको थियो। यस अवसरमा पार्टीका जिल्ला नेतृत्वले बलिदानीहरूको सपना साकार पार्न प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय समुदायको पनि उल्लेखनीय सहभागिता देखिएको थियो। दीप प्रज्वलनसँगै बलिदानीहरूको सम्झनामा भावनात्मक मन्तव्यहरू प्रस्तुत गरिएको थियो।
जनमत पार्टीले हरेक वर्ष बलिदान दिवसलाई ऐतिहासिक रूपमा मनाउँदै आएको छ, जसले समाजमा न्याय र समानताका लागि बलिदानी भएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्ने गरेको जनमत पार्टी सर्लाहीका इन्चार्ज सुजन यादवले बताए ।