२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
मलङ्गवामा निकालियो सर्वपक्षीय सद्भाव ¥याली – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मलङ्गवामा निकालियो सर्वपक्षीय सद्भाव ¥याली

सर्लाही,२४ भदौ । धार्मिक तथा सामाजिक सहिष्णुताका लागि आइतवार मलङ्गवामा सर्वपक्षीय सद्भाव ¥याली गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सबैलाई संयमता अपनाउन आग्रह गर्दै सद्भाव ¥याली निकाल्ने निर्णय गरेको थियो । कृष्ण जन्माष्टमीको मूर्ति सेलाएर शुक्रबार साँझ फर्किने क्रममा दुई समुदायबीच झडप भएको थियो ।

त्यसै विषयलाई लिएर शनिबार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो । भदौ २२, २३ र २४ गतेका दिन भएको घटना व्यवस्थापन सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदनबमोजिम दोषीलाई कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.