सर्लाहीमा जंगली हात्तीबाट स्थानिय त्रसित
सर्लाही,६ माघ । सर्लाहीमा जंगली हात्तीबाट स्थानिय त्रसित भएका छन । गए राति सर्लाहीको हरिपुर नगरपालिका वडा नं. १ जानकीनगर जंगली हात्तीले विभिन्न व्यक्तिहरुको घर भत्काएको प्रहरीले जनाएको छ । जंगली हात्तीका कारण मानविय क्षेती नभएपनि घरको टाटी, अनपात क्षेती भएको प्रहरीले जनाएको छ ।
जंगली हात्तीका कारण हरिपुर न.पा.१ जानकिनगर बस्ने तुलमाया मगरको फुसको छानो,बासले बनेको एक तल्ले घरको २ वटा टाटी, खेतमा लगाएको १० धुरको मकैबाली समेत नष्ट गरेको अन्दाजी मुल्य रु.६ हजार बराबरको क्षेती भएको छ । त्यस्तै सोही ठाउँ .बस्ने प्रेम बहादुर लामाको काठ र बासले बनेको २ तल्ले घरको तल्लो कोठाको १ वटा टाटी भत्काएर अन्दाजी रु २ हजार बराबरको क्षेती भएको तथा सोही ठाउँ बस्ने हरिउप्रेतीको काठ र बासले बनेको २ तल्ले घरको तल्लो कोठाको २ वटा टाटी भत्काएको अन्दाजी मुल्य.रु.३ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जंगली हात्ती भने जंगल तर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले रेडियो निगरानीलाई जानकारी दिनुभयो ।
सब डिभिजन वन कार्यालयले हरिपुर नगरपालिका–१, जानकीनगरका वन क्षेत्रमा गए रातिदेखि जङ्गली हात्ती देखा परेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । यस वन क्षेत्रमा बर्सेनि जङ्गली हात्ती आएर स्थानीयको बाली तथा घरमा क्षति गर्ने गरेका छन् ।
गत वर्ष पनि जङ्गली हात्तीले घुर्कौली जङ्गलमा घाँस काट्न गएका एक युवकमाथि आक्रमण गर्दा यसवकको निधन भएको थियो । अहिले वन क्षेत्रमा देखिएका जङ्गली हात्ती केही समयअघि रौतहटको विभिन्न वन क्षेत्रमा देखिने गरेका हात्तीको बथान हुनसक्ने डिभिजन वन कार्यालयले अनुमान गरेको छ ।