चन्द्रनगरमा सांसद चन्दा चौधरीलाई सम्मान सहित कदरपत्र प्रदान
सर्लाहीको चन्द्रनगरमा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसकी नेत्री चन्दा चौधरीलाई सम्मान सहित कदरपत्र प्रदान गरिएको छ। चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत अन्य व्यक्ति र नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाले प्रतिनिधि सभा सदस्य चौधरीलाई सम्मान गरेको छ ।नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाका सभापति सरोज सिंहले पुर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा युवा तथा खेलकुद मन्त्री समेत हुनुभएकी चौधरीलाई कदरपत्र प्रदान गरेर सम्मान गरेका छन ।
चन्द्रनगरको समग्र विकासमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रमको क्रममा शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासका विभिन्न पक्षमा विस्तृत छलफल भएको थियो। विशेषगरी, विद्यालय भवन निर्माण, स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स सेवाको विस्तार, र अन्य आधारभूत विकास कार्यका विषयमा सुझावहरु प्रस्तुत गरिएको थियो।
पुर्व मन्त्री चौधरीले छलफलका क्रममा चन्द्रनगरको विकासका लागि आफ्नो सक्दो योगदान रहने प्रतिबद्धता जनाउँदै शुभ संकेत प्रदान गर्नुभएको छ। कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सोनेलाल साह, वडा नं १ वडा अध्यक्ष रामेश्वर महतो, नेपाली कांग्रेसका नेता तेजनारायण चौधरी लगायत स्थानीय नेताहरु, समाजसेवी, र रेडक्रसका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।