सर्लाहीको हरिपुर ५ मजुर्वामा जारी तेश्रो कोद्राह गोल्डकप प्रतियोगितामा गैडाटार एफसी रौतहटलाई बिरगंज युनाइटेडले स्तब्ध पारेको छ । आज पाचौ दिनको प्रतियोगितामा २ का बिरुद्ध ४ गोलले बिरगंज युनाइटेड विजयी भएको छ ।
आज भएको खेलमा भने म्यान अफ द म्याच बिरगंज युनाइटेडका खेलाडी विपिन मगर बनेको छ।प्रतियोगितामा आयोजकसहित विभिन्न १२ ओटा टीमको सहभागिता रहेको छ ।
‘‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ’’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले नगद ७० हजार १०५ रुपैयाँ सहित शिल्ड, मेलड र प्रमाणपत्र हात पार्नेछन भने द्वितिय हुने टिमले नगद ४० हजार ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकका अध्यक्ष रभु हुसेन मोमिनले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल भने माघ २३ गते हुने आयोजकले जनाएको छ ।