२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सदरमुकाम मलंगवाको अवस्था तनावग्रस्त, अवस्था समान्य बनाउन सर्वपक्षीय बैठक  – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सदरमुकाम मलंगवाको अवस्था तनावग्रस्त, अवस्था समान्य बनाउन सर्वपक्षीय बैठक 

सर्लाही,५ असोज । सर्लाही सदरमुकाम मलंगवा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु उलंघन गर्दै  प्रदर्शन गरिएको छ।प्रदर्शनमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालय मलंगवामा समेत ढुङ्गामुडा गरेका  छन्। कर्फ्यु उलंघन गरि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले करिब २३ सेल अश्रुग्यास  प्रहार तथा केही राउण्ड हवाइ फायर गरेको छ । यसैगरी दुई पक्ष बिचको झडपलाई समान्य बनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वपक्षीय बैठक पनि गरिएको छ । सर्वपक्षिय वैठकले घटनाको सुक्ष्म  रुपमा गहन समिक्षा गर्ने, सबै मुर्तिहरु एकै ठाउँमा राखि आज बेलुका ५  बजे देखि ७ बजे भित्र बिसर्जन गर्ने, सत्यतथ्य पता लगाई  घटनाको दोषीलाई पक्राउ गरी हदै सम कार्वाही गर्ने, ब्रह्मपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्वलाई पहिचान गरी कार्वाही  गर्ने , घटना घटाइ मानविय क्षति पु¥याउने  व्यक्ति पहिचानन गरी निजबाट क्षतिपुर्ती गराउने, आगामी दिनमा यस प्रकारका घटनाको  पुनरावृती हुन नदिन सबै पक्षबाट गम्भिरता पुर्वक आ आफनो दायित्व निर्वाह गर्ने लगायतको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

 यसैगरी हिजो घाइते रुपेश यादवलाई चक्कु प्रहार गरेको अभियुक्त मोहमद अजमद मिकरानीलाई आज प्रहरीले् पक्राउ गरेको छ । मोहमद सहित करिब ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै बिहिबार बाट नै मलङ्गवामा जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनिश्चितकालीन कर्फ्यु लगाएको  छ । बिहिबार गणेश पूजा गरेको मूर्ति विसर्जन गर्नेक्रममा दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले  राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।स्थानीय प्रशासनले मलङ्गवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणीमा नेपाल–भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । झडपमा परी प्रहरीसहित करीब ८ जना घाइते भएका थिए जसमध्ये  मलंगवा निवासी रुपेश यादव गम्भिर घाइते भएका थिए । गम्भिर घाइते यादवको बिरगंज उपचार भैरहेको र उनको अवस्था खतरामुक्त  भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दिपेन्द्र पजियारले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.