
सर्लाही,२४ फागुन।सर्लाही क्षेत्र नं. ३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार भारी मतान्तरसहित नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायकाजी श्रेष्ठलाई पराजित गरेको छ । शनिवार राति सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कलवारले ४६ हजार ८ सय ९० मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।
कलवारले आफनो निकटतम प्रतिस्पर्धी श्रेष्ठ भन्दा ३३ हजार ५ सय ५२ बढी मत प्राप्त गर्नुभएको हो ।
उहाँको निकटम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्रेष्ठले १३ हजार ३ सय ३८ मत मात्र प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेका उम्मदेवार विनोद कुमार खनाल ६ हजार ६ सय २४ मत, नेकपा एमालेका उम्मेदवार हरी प्रसाद उप्रेतीले ५ हजार ७ सय ७६ मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार त्रिभुवन कुमार सिंहले २ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ३४ हजार ४ सय १२ मतदाता रहेकोमा ५२ हजार ६ सय ९१ मत खसेको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिनुभयो ।



