२४ फाल्गुन २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही –४ मा नेपाली कांग्रेसका सभापती थापा पराजित, रास्वपाका डां सिह निर्वाचित – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाही –४ मा नेपाली कांग्रेसका सभापती थापा पराजित, रास्वपाका डां सिह निर्वाचित

सर्लाही,२४ फागुन । प्रतिनिधिसभा सदस्यमा सर्लाही क्षेत्र नं.४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डां अमरेश कुमार सिंह निर्वाचित हुनु भएको छ ।

सिंहले नेपाली कांग्रेसका सभापती गगन कुमार थापालाई पराजित गर्नुभएको छ । रास्पवापा उम्मेदवार डां सिंह ३५ हजार ६ सय ८८ मत ल्याएर बिजयी हुनुभएको छ ।

डां सिंहका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापती थापाले भने २२ हजार ८ सय ३१ मत मात्र प्राप्त गर्नुभयो । डां सिंहले नेपाली कांग्रेसका सभापती थापालाई १२ हजार ८ सय ५७ मतान्तरले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३, जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले १५ सय ७२ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रजनिश रायले १४ सय १ मत प्राप्त गुर्नभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button