सर्लाहीका विमल साहलाई ८ औं मनास्लु राष्ट्रिय अवार्ड—२०८१ द्वारा सम्मानित गरिएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित श्रीनगर निवासी साह, जसले हारमोनियम बजाएर वल्र्ड बुक अफ रेकड्र्समा नाम लेखाएका छन्, शनिवार दिउँसो उपसभामुख इन्दिरा राणाबाट सम्मान प्राप्त गरेका छन । साह सम्मानित हुने भएपछी सर्लाही बासी खुुसी भएका छन ।
नेपाली गीत संगीतको क्षेत्रमा विगत लामो समयदेखि पु¥याएको योगदानको उच्च मूल्यांकन गरेर अध्यक्ष मन बहादुर पुन द्धारा हस्ताक्षर गरिएको सर्वोत्कृष्ट हर्मोनियम ट्युनिङ्ग मास्टर अर्वार्ड साहलाई प्रदान गरिएको हो ।
मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खवर र मनास्लु पोष्ट का आयोजनामा सम्पन्न हुने यो प्रतिष्ठित अवार्ड समारोह सूचना र सञ्चार प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्ने परंपरामा आधारित छ। हिजो विभिन्न क्षेत्रहरूमा सक्रिय १३ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।