१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सामाजिक सद्भभावलाई बचाइ राख्ने एउटा अबिचलित योद्धा – भन्छन् ; म जनताको साझा बगैंचा हुँ !” – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सामाजिक सद्भभावलाई बचाइ राख्ने एउटा अबिचलित योद्धा – भन्छन् ; म जनताको साझा बगैंचा हुँ !”

भक्ती रिजाल
सर्लाही । उनी आस्थाले मुसलमान हुन, तर सबै धर्म र आस्था लाई सम्मान गर्छन् । ढाका टोपी उनको पहिचान र आदर्श हो । कुर्ता, सुरुवाल उनको सार्बजनिक पहिचान अनि परिचय हो ।

उनी हिन्दुहरुका मठ – मन्दिरमा जान्छन् , पुजा आजा गर्छन्, भेटी चढाउछन् ढोग्छन् ,आशीर्वाद माग्छन् अनि घर फर्कन्छ्न । सबै भाषा, सस्कृती र समुदाय प्रती उनको धेरै माया र स्नेह छ ।

उनी हुन हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेष महबुब रेजा, उनी बिहानै चोकमा पैदलमार्ग निस्कन्छन् , सधैं कुर्था सुरुवाल, ढाका टोपीमा मुस्कुराउदै निस्कने उनको आदत बनी सकेको छ । कम बोल्नु र कामलाई माया अनि सम्मान गर्नु रेजाको असल पक्ष हो ।

भन्छन् ; जीवनमा केही गर्ने लक्ष्य छ । बाचुन्जेल राम्रो र असल काम गर्नु नै धर्म हो ।

सामाजिक कामहरूमा उनको सक्रियता लोभ लाग्दो छ ।
उनी कसैलाई भेदभाव गर्दैनन् । सबैसँग सरल कुरा गर्छन् । जनताका कामलाई कसरी चुस्त दुरुस्त पार्न सकिन्छ भनेर कर्मचारीसंग गफिन्छन् अनि ब्यबहारमा उतार्छन् ।

उनी सप्ताह लगायतका धार्मिक अनुष्ठानमा जान्छन् तुला दान गर्छन् , आत्मा शान्ति र विश्व शान्तिको कामना गर्छन् ।

भन्छन् ; मलाइ जुन आखाले हेर्दा पनि हुन्छ, सबैको असल मान्छे हुँन पाएकोमा मलाइ गर्व लाग्छ ।
म मुसलमान हुँ । मेरो आस्था, मेरो धर्म र संस्कृतिको बारेमा मलाइ राम्रो संग हेक्का छ ; रेजा तर्क गर्छन् ।

एउटा समय थियो, कोरोनाले विश्व आक्रान्त बनिरहेको बेला नेपालमा त्यस्को प्रभा नपर्ने कुरै थिएन । कसैले कसैलाई दया, माया गर्ने अवस्था थिएन, त्यस्तो समयमा कोरोनाबाट मृत्यु भएकाहरुको शब ब्यबस्थापन गर्न सुरक्षाकर्मी पनि डराउने गर्थे, तर जीवनको प्रबाह नगरी उनै अध्यक्ष रेजा सब बोकेको गाडी चलाएर घाट सम्म पुर्याउथे र दाह संस्कारमा सहयोग गर्थे । यो कदमका कारण रेजाको देशभरि प्रसंसा भएको थियो ।

“मानिस ठूलो दिलले हुन्छ” भन्ने मुल मन्त्रलाई आत्मसात गर्ने रेजा समाजका ऎना हुन भन्दा फरक पर्दैन भन्छन् हरिवन नगरपालिका ११ निवासी बद्री बहादुर कार्की ।

थोरै मानिसमा हुने गुणले भरिपूर्ण रेजाले गरेको वडाको बिकासलाइ जनताले उच्च मुल्यांकन गरेको बताउँछन् अर्का स्थानीय युग बहादुर अधिकारी ।

बिगतलाइ सम्झंदै रेजा भन्छन् ; सद्भावलाई खल्बल्याउने केही ब्यक्तिहरु शक्तिको आडमा यसै ठाउँमा उठ्न नखोजेका होइनन्
; तर हामी युबाहरुले त्यस्ता तत्वहरुलाइ शिर उठाउन दिएनौ ।

केही मेरै समुदायका मान्छेहरुले नै मेरो बिरुद्धमा खेल्न खोजे, मेरो बिरुद्द्मा बिष बमन गर्न खोजे तर म डगमगाइन अबिचलित र अटल बनी रहेँ ।

समाजको गति जता बग्छ त्यतै बग्न जान्नु पर्ने रहेछ ; समाजको मार्गदर्शक बन्न त्यति सजिलो पनि छैन । अप्ठ्यारो र गतिरोध त समाज भित्र निरन्तर चलिरहने प्रक्रिया हो । द्वन्द्वात्मक समाजाको अन्तरबिरोधलाई चिर्नु नै म उपलब्धि सम्झन्छु रेजाले भने ।

एक प्रशंगमा रेजाले भने सामाजिक सद्भाव भड्किलो बनाउने र समाजमा गतिरोध निम्त्याउने काम जो कोहीबाट पनि हुनु हुँदैन । द्वन्दले समस्याको समाधान दिदैन बरु समाजलाई विघटन तर्फ लैजान्छ ।

रेजाले अख्तियार गरेको बिचारलाइ सबैले अनुशरण गरून् – हाम्रो पनि शुभकामना छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.