६ मंसिर २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवन ५ मा ९ दिने झण्डा मेला हुँदै, भोलि कलश यात्रा हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिवन ५ मा ९ दिने झण्डा मेला हुँदै, भोलि कलश यात्रा हुने

भक्ती रिजाल
सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ५ मा यही माघ २१ गते बाट ९ दिने श्रीश्रीश्री १०८ महावीर झण्डा मेला
सञ्चालन हुने भएको छ । मेलाको पहिलो दिन भोलि २१ गते बिहान कलश यात्रा गरिने बताइएको छ । मेला आयोजक समितिका संयोजक गंगाराम महतोका अनुसार मेलालाई भब्य र ब्यबस्थित ढंगबाट समापन गर्न सम्पुर्ण तयारी पूरा भएको छ ।

एक लाख भन्दा धैरै ब्यक्तिले अवलोकन गर्ने श्रीश्रीश्री १०८ महावीर झण्डा मेलामा विभिन्न मनोरञ्जनका सामग्रीहरु रोटे पिङ, केटाकेटीको खेलौना मिनी बजार विभिन्न जातीय खानाका परिकार तथा स्टलहरु रहने आयोजक समिति सदस्य सियारम कुशवाहाले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत देशमै ख्यातिप्राप्त रौतहटको मोबिला नाच पाटी तथा सिराहा र बिरगंजबाट आउने मैथिली र भोजपुरी कलाकरको दमदार प्रस्तुती रहने पनि कुशवाहाले बताए ।

यस्ता मेला तथा महोत्सवले समाजबाट हराउदै जान लागेका स्थानीय नाच, संस्कृती र सभ्यतालाई बचाइराख्न मलजल पुग्ने समाजसेवी तथा राजनैतिक ब्यक्तित्त्व गौरी महतो बताउंछन् ।

पर्सि २२ गते बिशेष कार्यक्रम गरी सुरु हुने श्रीश्रीश्री १०८ महावीर झण्डा मेलाको प्रमुख अतिथिको रुपमा सर्लाही क्षेत्र नम्बर ३ `क´ बाट निर्बाचित माननीय जवाहरलाल कुशवाहा रहनुहुने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button