१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा पहिलोपटक आइसियु सहितको सुविधा सम्पन्न हस्पिटल खुल्यो – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

सर्लाहीमा पहिलोपटक आइसियु सहितको सुविधा सम्पन्न हस्पिटल खुल्यो

सर्लाही,२८ असोज।सर्लाहीमा पहिलोपटक  सुविधा सम्पन्न हस्पिटल् खुलेको छ । मलंगवा नगरपालिका वडा नं वडा नं २ मा आईसियू सहितको  म्याक्स मल्टिस्पेसियाल्टी हस्पिटल  एण्ड ट्रामा सेन्टर खुलेको छ । हस्पिटलको उद्घाटन मलंगवा नगर प्रमुख नागेन्द्र रायले गर्नुभएको छ ।

म्याक्स हस्पिटलमा वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डां संजय कुमार साह, मुटु रोग विशेषज्ञ  डां राजेश कुमार साह, वरिष्ठ स्त्री, प्रसूति तथा नि: सन्तान रोग विशेषज्ञ डां विजय कुमार कापर, डां निमु कुमारी साह, रेडियोलोजिष्ट डां सोहन कुमार साह लगायतका विशेषज्ञ  चिकित्सकहरु बाट सेवा प्रदान गरिने छ ।

हस्पिटलमा आइसियू, एनआईसियू, भेन्टिलेटर, दुरबिन द्वारा आधुनिक प्रकृया बाट सल्यक्रिया, ईमरजेन्सी सेवा, २४ औँ घन्टा एम बि बि एस डाक्टर सहितको सेवा, लगायत विभिन्न सेवा प्रदान गरिने म्याक्स हस्पिटलका संचालक बिभाष कर्णले जनाएको छ ।

खासगरी सर्लाहीमा सुविधा सम्पन्न अस्पताल नहुदा सर्लाहीवासी जनकपुर, बिरगंज, भरतपुर, धरान, काठमाडौं, भारतको विभिन्न अस्पताल जादा महंगो उपचार गराउने बाध्यतालाई अन्तय गर्नको लागि सर्लाहीमा म्याक्स हस्पिटल खुलेको अस्पतालका संचालक डां विजय कापरले जानकारी दिनुभयो ।

कविलासी नगरपालिकाका पुर्व नगरप्रमुख कौशल किशोर रायले सर्लाहीमा रहेको प्रदेशीक अस्पताल बाट प्राय जसो बिरामी रेफर हुने गरेको तथा स्थानीयलाई पनि सरकारी अस्पताल प्रति विश्वास घटेको बताउनुभयो । उहाले  राम्रो हस्पिटल नहुदा शास्ती भोगनु परेको थियो हाल सुविधा सम्पन्न हस्पिटल भएपछी त्यो शास्ती हटेको बताउनुभयो ।

समयमै विशेषज्ञ डाक्टरको उपचार नपाएर कतिपयको अकालमै मृत्यु पनि हुने भएको हुदा कम खर्चमा विशेषज्ञ सेवा प्रदान गर्न हस्पिटल खोलिएको डां कापरले बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य  जंगिलाल राय यादव, कौशल किशोर राय, सकुन्ती देवी,नेपाली कांग्रेसका  पुर्व सभापति लक्षमण राय, नापी कार्यलय प्रमुख संजय मनान्धर लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.