
बिरगन्जमा चिनीया दुतावासको बिरोधमा प्रदर्शन भएको छ ।मधेसीलाई अपहेलीत गरेको भन्दै चिनीया दुतावासको बिरोध प्रदर्शन भएको हो ।बीरगंजमा चिनियाँ सहयोगको नाममा पुरानो र कमसल साइकल वितरण गरिएको भन्दै राष्ट्रिय विद्यार्थी परिषद्ले विद्यालयमा बिरतरण गरिएको चाइनिज साइकल जलाएको छ ।
शनिबार वीरगन्जको प्रतिमा चौकमा चिनीया दुतावासको बिरोधमा प्रदर्शन गर्दै बिद्यार्थीहरुले चाइनिज साइकल जलाएका छन् । प्रदर्शनकारीहरूले “चीनको चलाखी अब चल्दैन ,मधेसीलाई अपहेलीत गर्न पाइदैन, मधेसलाई सम्मान चाहिन्छ, “पुरानो साइकल, नयाँ धोका हो, चीन अब हामीलाई मूर्ख नबनाउ!“ जस्ता नाराहरू लगाउँदै चिनको विरोध गरेका छन ।
विद्यार्थी परिषद्का नेताहरूले चीनले सहयोगको रुपमा मधेस र मधेसीलाई अपमानित गर्न पुरानो र कमसल साइकल बितरण गरेको अरोप लगाएका छन । बिरोध प्ररदर्शनमा आएका एक विद्यार्थी नेताले भने, “हामीलाई झूटो, पुरानो दान होइन, सफा नियत चाहिन्छ ,मधेसमा चिनको औपनिविसिकरण चल्दैन , चीनमा फालिएको साइकल मधेसलाई दिएर सहयोग दिएको हो कि बेइज्जत गरेको हो ?“
प्रदर्शनकारी विद्यार्थीहरूले चिनियाँ हस्तक्षेप अस्वीकार्य भएको भन्दै मधेसलाई दानको नाममा फालिएको सामान होइन, सम्मान चाहिएको स्पष्ट पारे । आक्रोशित प्रदर्शनकारीहरूले विरगन्जको नरसिम्ह माध्यमिक बिद्यालयमा चिनिया कन्सुलरले एक महिना पहिला वितरण गरेका कमसल चाइनिज साइकलमध्ये केही प्रदर्शन स्थलमै जलाएका थिए ।
प्रदर्शनमाको क्रममा स्थानीय बासिन्दा समेतको सहभागी भएका जनाइएको छ ।उनीहरूले चिनियाँ सरकारको ‘सहयोग’को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेस विरोधी भएको आरोप लगाए ।यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरियो भने कडा चिनको बिरोधमा अझ शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।
चिनिया दुतावासको कन्सुलरले एक महिना अगाडि वीरगन्जमा बिरतण गरेका साइकल पुरानो भएको स्थानिय बिद्यार्थीहरुले खुलासा गरेका थिए । चिनको सिएफआरडिले बिद्यालयको छात्राहरुलाई बितरण गरेको साइकल पुरानो र कमसल भएको आरोप वीरगन्जका बालिकाहरुको रहेको छ । एक महिना अगाडि मधेसको एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगन्ज महानगरपालिकामा सिएफआरडिको माध्यमबाट चाइनिज साइकल बितरण गरिएको थियो ।
वीरगन्ज महानगरपालिकाको समन्वयमा वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ स्थित श्री नरसिंह माध्यमिक विद्यालयमा एक कार्यक्रम गरि चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयले त्यस बिद्यालयमा अध्यनरत छात्राहरुलाई साइकल बितरण गरेको थियो ।
विद्यालयमा आयोजित साइकल बितरण कार्यक्रममा चाइनिज दुतावासका कन्सुर वांग सिनको विशेष उपस्थिती र दुइ सय साइकल बितरण गरिएको थियो ।
सन २०२२मै नेपालमा साइकल बितरण गर्ने चिनको योजना रहेको थियो । जसले गर्दा साइकल पुरानै समयमा आयात भएको कारण साइकलहरुमा खिया परेको बिद्यालयका एक शिक्षकको भनाइ थियो । ’
मुख्य रुपमा मिधेस प्रदेशमा सक्रियता बढाउन चाइना दुतावास केहि समय यता आफ्नो सक्रिय बढाएको छ । जस अन्र्तगत विभिन्न व्यापारको वहाना र मधेसी जनताको समाजिक तथा शैक्षिक उथ्थानका लागी विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल बैग शिक्षण सामग्रीं देखि साइकल विरतण कार्यक्रलमा तिब्रता दिइएको छ । मधेस प्रदेश सरकारले विगतमा चलाइएको साइकल बितरण कार्यक्रमको लोकप्रियतालाई मध्यनजर गर्दै चाइना दुतावासले पनि यो प्रदेशको बालबालिकलाई साइकल बिरतण कार्यक्रम सुरु गरेको बताइन्छ । तर सुरुमै बितरण गरिएको साइलकल पुराना र कमसल भएको आरोप लागेपछि उसका पछिला साइकल बितरण कार्यक्रमहरु ओझेलमा परेका छन ।
विश्लेषकहरू भन्छन्, “चीनले रणनीतिक रूपमा नेपालमा प्रभाव बढाउन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, यदि यी कार्यक्रमहरू सम्मानजनक र वास्तविक विकासका लागि नभए, यसले उल्टै चीनविरोधी भावना बढाउनेछ।“
स्थानीय विद्यार्थी समूहहरूले चिनियाँ सहयोगलाई “फेक डोनेसन“ भन्दै यसको कडा विरोध गरेका छन्। उनीहरूले मधेसलाई वास्तविक विकास चाहिएको बताउँदै सरकारलाई पनि “विदेशी हस्तक्षेपको चासोभन्दा नागरिकको सम्मान र आवश्यकतामा ध्यान दिन“ आग्रह गरेका छन्।