२० फाल्गुन २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा १७ बढिको १० टन लसुन सहित ट्रक नियन्त्रणमा – Nigrani Today
Uncategorized

सर्लाहीमा १७ बढिको १० टन लसुन सहित ट्रक नियन्त्रणमा

सर्लाही,२० फागुन । सर्लाहीमा प्रहरीले १७ लाख १७ हजार ६ सय बराबरको लसुन सहित ट्रक नियन्त्रणमा लिएको छ ।

हिजो बागमती नगरपालिका वडा नं. ११ स्थित धनुषाबाट पोखरा तर्फ जादै गरेको बा.प्र.०३–००१ ख.०९९४ नं.को ट्रकलाई रोकी चेकजाच गर्दा उक्त ट्रकमा लोड भएको १० टन लसुनको बिल भरपाई शंकास्पद रहेकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ट्रक र लसुन आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button