२४ चैत्र २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा विश्व स्वास्थ्य दिवस मनाइयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा विश्व स्वास्थ्य दिवस मनाइयो

आज विश्व स्वास्थ्य दिवस, सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

‘स्वस्थ शुरुवात, समृद्ध भविष्य’ मुल नाराका साथ सर्लाहीको विभिन्न पालिकामा आज विश्व स्वास्थ्य दिवस मनाइएको हो । दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै आज वर्षव्यापी अभियानको शुभारम्भ गरिएको छ ।

यसै सन्दर्भमा, चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य संस्थाले महत्वपूर्ण कदम चालेका छन्। घरमा सुत्केरी गराउने प्रचलनलाई रोक्न र अस्पतालमा बच्चा जन्माउने प्रक्रियालाई प्रोत्साहन गर्नका लागि कार्ययोजना बनाई अभियानको शुरुआत गरेको छ।

स्वास्थ्य संस्थाले वास्तविक र पूर्ण तथ्यांक संकलन गर्न आजदेखि कार्य शूरु गरेको छ। यो अभियानले चन्द्रनगर गाउँपालिकामा सुत्केरी सेवाको स्तरीकरण गर्ने, महिलाको स्वास्थ्य सुरक्षा बढाउने र नवजात शिशुको मृत्यु दर घटाउने उद्देश्य लिइएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।

सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो ।

जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अझै सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button