२४ चैत्र २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ – Nigrani Today
ताजा खबरसमाचारस्थानीय

सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ

सर्लाही,२५ चैत्र । सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका वडा नं.३ डावरी टोल बस्ने ३६ वर्षीय मान बहादुर घिसिङ रहेको छ ।

घिसिङले ना.२४ प.६९०३ नम्बरको मोटरसाईकलको पछाडी सिटमा बोकी ल्याएको २ वटा बोरा भित्र लागू औषध वाइनसरेक्स लेखिएको १०० को बोतल थान ३१३ र ओनरेक्स लेखिएको १०० को बोतल थान १४५ बोतल गरी जम्मा ४५८ वोतल लागुऔषध सहित १ थान मोबाईल फोन र मोटरसाईकल समेत बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घिसिङल बोरामा राखी लागू औषध ओनरेक्स सिरप लगायतको बोतलहरु ओसार पसार गरिरहेकोे बिशेष सूचना अधारमा उनलाई चेकजाँच गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएराती उनलाई हरिवन नगरपालिका वडा नं.३ मोहनपुर टोल स्थित सडकमा ईलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेको हो । घिसिङलाई आज सर्लाही जिल्ला अदालत बाट ७ म्याद थप गराइ अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button