१ श्रावण २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
वर्ल्ड भिजनले महोत्तरीमा साना सिँचाई सहयोग – Nigrani Today
ताजा खबर

वर्ल्ड भिजनले महोत्तरीमा साना सिँचाई सहयोग

मधेश प्रदेश सरकारले मधेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पश्चात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई खानेपानी र सिचाईमा सहायता गर्न आव्हान गरे पश्चात वर्ल्ड भिजन इन्टरनेशनल नेपालले साझेदार संस्था मार्फत साना सिँचाइ र खानेपानी समस्या समाधानको लागि जोखिममा रहेका परिवार र समुदायलाई सहायता गर्ने कार्यक्रम अनुरूप साहयतालाई थप अगाडि बढाएको छ ।

विपन्न वर्गका कृषकलाई लक्षित गरी साझेदार संस्था ग्रामीण विकास समाज मार्फत महोत्तरीमाको एकडारामा गाउँपालिकामा १८ घरधुरी र सम्सी गाउँपालिकाको ३२ घरधुरीमा साना सचाईको सहयोग गर्ने कार्य शुरु गरेको छ ।

त्यस्तै स्थानीय साझेदार संस्थाहरु राष्ट्रिय रोजगार प्रवद्धन केन्द्र, सर्लाही र ग्रामीण विकास केन्द्र रौतहट मार्फत सर्लाहीको हरिपुर्वामा नगरपालिकामा ५० घरधुरी, रौतहट माधवनारायणमा ४७ घरधुरीमा सिँचाइ सहयोग सम्पन्न भइसकेको छ । साथै हालसम्म खानेपानीको लागि सर्लाहीको हरिपुर्वामा ९३ घरधुरी, पर्सामा ४२ घरधुरी, महोत्तरीको एकडारामा ५५ र सम्सी गाउँपालिकामा ३१४ वटा चापाकल जडान भइसकेको कुरा वर्ल्ड भिजनको मधेश प्रदेश प्रमुख विनय अमत्यले बताउनु भयो ।

साथै उहाँले, खानेपानी तत्काल वितरण गर्न आवश्यकता भएको ठाउँमा स्थानीय तहसँग समन्वय भइरहेको जानकारी गर्नु भयो । वर्ल्ड भिजनले आफ्नो कार्यक्षेत्रमा खानेपानी तथा सिँचाइको तत्काल र दिर्घकालीन समस्या समाधानको लागि स्थानीय तहसँग सहकार्य र समन्वय गरी नियमित कार्यक्रम सञ्चालन भइरहेको र थप कार्यक्रम सञ्चालन गर्दै लैजाने अमात्यले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button