१२ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
शक्तिशाली सरकारले काठमाडौंमै व्यवसायीहरुको सुरक्षा गर्न सकेन : प्रभु साह – Nigrani Today
ताजा खबर

शक्तिशाली सरकारले काठमाडौंमै व्यवसायीहरुको सुरक्षा गर्न सकेन : प्रभु साह

काठमाडौं, १ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुई तिहाईको शक्तिशाली सरकारले काठमाडौंमै व्यवसायीहरुको सुरक्षा गर्न नसकेको बताएका छन् ।

आज (बिहीबार) काठमाडौंको कोटेश्वरमा बसेको कबाड व्यवसायीको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन नसकेको बताए ।

‘काठमाडौंमा व्यवसायीहरु असुरक्षित हुदैगईरहेका छन् । यो दुई तिहाईको शक्तिशाली सरकारले सुरक्षा दिन सकेको छैन् । अदालतको आदेश विपरित काठमाडौं महानगरले कबाड व्यवसायीको कबाडमा डोजर आतंक मचाएको छ । तर सरकारले ति व्यवसायीलाई सुरक्षा दिन असफल भईसकेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकार त दुई तिहाई बहुमतको शक्तिशाली छ । तर काम बिचौलिया र दलालको मात्रै गरिरहेको छ । यहाँका व्यवसायीलाई सुरक्षा दिनुपर्ने सरकार टुलटुलु बसेर हेर्न मिल्छ ?’

अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा काठमाडौंमा कबाड व्यवसायीको कबाडमा डोजर आतंक चलिरहेको बताउदै उनले यसको प्रतिकारमा उत्रिन निर्देशन दिए । दुई तिहाईको शक्तिशाली भनिए पनि वर्तमान सरकार झोले सरकार भएको टिप्पणी गर्दै आफ्नो परिवार, व्यवसायको सुरक्षाका लागि अब महानगरको गुण्डागर्दी बिरुद्ध प्रतिकारमा उत्रिनुको बिकल्प नभएको उनले बताए ।

‘अदालतको आदेश छ कबाड व्यवसायलाई नहटाउ तर यहाँ अदालतको आदेश पालना हुदैन् । सरकारले सुरक्षा दिदैन । महानगरले डोजर आतंक मचाएको छ । यस्तो अवस्थामा तपाईहरु आफ्नो परिवार, पेश व्यवसायको सुरक्षाका लागि अब प्रतिकारमा उत्रिनै पर्छ । महानगरको गुण्डागर्दी सहेर बस्न सकिदैन्,’ आजपा अध्यक्ष साहले भने ।

‘काठमाण्डौ महानगरपालिकाले बिना सुचना दिउसो १२ बजे टुनाल्देवीमा रहेको राजाराम साहको कबाडमा डोजर लगाएर तोड़फोर गरेकोछ । सम्मानित अदालतको आदेश विपरीत गरिएको मेयर बालेन साहले गरेको कायरतापूर्ण हमलाको भत्र्सना गर्दछु । साथै यस गैरकानूनी हमलामा संलग्न अपराधीहरूलाई कारबाही गर्न बिशेष आग्रह गर्दछु,’ उनले भने ।

भेलालाई सम्बोधन गर्दै कबाड व्यवसायीका नेता रामकेशव गुप्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गुण्डागर्दी बिरुद्ध आफूहरु प्रतिकारमा उत्रिन तयार रहेको चेतावनी दिए । उनले बालेनलाई महानगरको कार्यालयमै घेराउन कबाड व्यवसायीको गरिएको क्षतिपुर्ति लिने बताए ।

‘अदालतको आदेश पाल्ना नगर्ने र पेशव्यवसायको तहसनहस गर्ने बालेन शाहको गुण्डागर्दीको जवाफ दिनुको बिकल्प छैन् । बालेनको डोजर आतंक बिरुद्ध एकजुट भएर शसक्त आन्दोलनमा उत्रिनुपर्ने समय आईसकेको छ,’ गुप्ताले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button