ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
राणाकालीन जिर्ण घर खस्दा कामदमा एक बालकको मृत्यु

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ कामदमा एक बालकको मृत्यु भएको छ ।भिमर सिंह प्रधानको दुई तल्ले माटोले जोडिएको पक्की घर खस्दा गौतम माझीको ६ वर्षीय छोरा अरुण माझी भनिने अनुको थिचिएर आज मृत्यु भएको छ ।
लगभग सयौ वर्ष राणाकालीन समयको जिर्ण पुरानो घरकै कारणले बालकको मृत्यु भएको स्थानीयको भनाई छ ।
मृतक बालक आज अपरान्ह चार पाच जनाको ग्रुपमा खेल्न गएका थिए । करिब ४ बजेतिर घर खसेपछी माझीको मृत्यु भएको छ भने बाकी बच्चाहरु पहिलो तल्ला बाट हाम फालेर बाचन सफल भएको प्रत्यक्षदर्शीले बताएको छ।
घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय केशरगंजले जनाएको छ ।