सर्लाहीमा पहिलो पटक महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधि बन्ने

सर्लाही,१६साउन। सर्लाहीको चक्रघटा गाउँपालिकाले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधि बनाउन लागेको छ।सर्लाहीको २० पालिकामध्ये पहिलोपटक चक्रघटा गाउँपालिकाले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधि २०८२ बनाउन लागेको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बताए ।
पानव, एफडब्लुएलडी, समाजिक विकास केन्द्र नेपाल मलंगवाको सहकार्य तथा चक्रघटा गाउँपालिकाको आयोजनामा विभिन्न सरोकारवाला व्यक्तिको उपस्थितिमा उक्त कार्यविधि प्रमाणीकरण पूर्व प्रारम्भिक मस्यौदा परामर्श तथा छलफल गरिएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत संजिव यादवले यो कार्यविधि कार्यन्यन पश्चात् चक्रघटा गाउँपालिकाले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा सम्बोधन र न्युनिकरण गर्ने प्रयास गर्ने बताए ।
उक्त कार्यविधि प्रमाणीकरण पूर्व प्रारम्भिक मस्यौदा परामर्श तथा छलफलबाट परिमार्जन गरेर जारी गरिने अधिकृत यादवले बताए ।जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले कानुन निर्माण गर्दा ३ वटा कुरा महत्त्वपूर्ण हुने बताए । पहिलो कानुन बनाउने व्यक्तिले ड्राफट कसरी गरेको छ, कानुन कस्ले कार्यन्यन गर्ने हो, कानुन कसका लागि बनाईदै छ । यो कुराहरू महत्त्वपूर्ण छ न्यायाधीश रेग्मीले बताए ।
कार्यविधिले महिला तथा बालिका विरुद्ध हुने विभिन्न प्रकारका हिंसाका घटनालाई सस्थागत संरचनामार्फत प्रभावकारी रुपमा व्यवस्थापन गर्नु पीडितलाई शीघ्र सेवा प्रदान गर्नु र सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्नु रहेको समाजिक विकास केन्द्रका कार्यकारी निदेर्शक बिरेन्द्र गुप्ताले जानकारी दिनुुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीको सभापति कौशलकिशोर सिंह, जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मी, चक्रघटा गाउँपालिकाकाकी उपाध्यक्ष मिनादेवी राय, प्रमुख प्रशासकीय अधिकृत संजिव यादवलगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको समाजिक विकास केन्द्रका अध्यक्ष खुस्बुकुमारी कुशवाहाले जानकारी दिइन ।