मिर्चैयामा मोटरसाइकल चालकको मृत्यु पछी स्थानिय द्वारा टायर बालेर प्रदर्शन

सर्लाहीको हरिपुर्वामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका वडा नं९, मिर्चैयामा टायरगाढामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही वडा बस्ने २१ वर्षीय अशोक यादव रहेका छन ।खीला गाउँबाट बसन्तपुरतर्फ जाँदै गरेको टायरगाढामा विपरीत दिशाबाट आउँदै गरेको ज ५ प २२०८ नम्वरको मोटरसाइकल ठोक्किँदा यादवको मृत्यु भएको हो ।
दुर्घटनाको विषयलाई लिएर स्थानीय वासिन्दाले बुधवार बिहान बाँके–सङ्ग्रामपुर सडक खण्ड अन्तर्गत मिर्चैया चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले टायरगाढा सवारी साधन अन्तर्गत नपर्ने र त्यसका चालकसँग लाइसेन्स हुने व्यवस्था पनि नरहेकाले पक्राउ नगरिएको बताए।