२२ श्रावण २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
महिला तथा बालिका विरुद्ध हुने हिंसा सम्बोधनका लागि बनाइएको कार्यविधि हस्तान्तरण – Nigrani Today
ताजा खबर

महिला तथा बालिका विरुद्ध हुने हिंसा सम्बोधनका लागि बनाइएको कार्यविधि हस्तान्तरण

सर्लाही,२१ साउन ।महिला तथा बालिका विरुद्ध हुने हिंसा सम्बोधनका लागि बनाइएको कार्यविधि आज सर्लाहीको चक्रघट्टा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

समाजिक विकास केन्द्र नेपाल मलंगवाले तयार पारेको महिला तथा बालबालिका विरुद्ध हुने हिंसा सम्बोधनका लागि बनाइएको कार्यविधि चक्रघट्टा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

महिला तथा बालबालिका विरुद्ध हुने हिंसा  सम्बन्धि प्रेषण प्रणाली कार्यविधि अनुमोदन तथा प्रमाणीकरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले चक्रघट्टा गाउँपालिकाकी उपाध्यक्ष मिना देवी राय, प्रमुख प्रशासकीय अधिकृत, संजिव यादवलाई संयुक्तरूपमा कार्यविधि हस्तान्तरण गर्नुभएको छ ।

सर्लाहीको २० पालिका मध्ये पहिलोपटक चक्रघटा गाउँपालिकाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा सम्बोधनका लागि प्रेषण प्रणाली सम्बन्धि कार्यविधि २०८२ बनाउन लागेको प्रमुख प्रशासकीय अधिकृत संजिव यादवले जानकारी दिनुभयो  ।
अव यो कार्यविधि  बुधबार नै कार्यपालिकाको बहुमत सदस्यले अनुमोदन तथा प्रमाणीकरण गरि पारित गर्ने अधिकृत यादवले बताउनुभयो ।

साउन १६ गते सदरमुकाम मलंगवामा पानव, महिला कानुन र विकास मञ्च,समाजिक विकास केन्द्र नेपाल मलंगवाको सहकार्य तथा चक्रघटा गाउँपालिकाको  आयोजनामा  विभिन्न सरोकारवाला व्यक्तिको उपस्थितिमा उक्त कार्यविधि प्रमाणीकरण पूर्व प्रारम्भिक मस्यौदा परामर्श तथा छलफल गरिएको थियो ।

बुधबार समाजिक विकास केन्द्र नेपालले कार्यविधि हस्तान्तरण गरेको छ, यो कार्यविधि कार्यनयन पश्चात्  चक्रघटा गाउँपालिकाले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा  सम्बोधन र न्युनिकरण गर्ने प्रयास गर्ने गाउँपालिकाकी उपाध्यक्ष रायले जानकारी दिनुभयो  ।

समाजिक विकास केन्द्र नेपाललका कार्यकारी निर्देशक विरेन्द्र गुप्ताले चक्रघट्टा गाउँपालिकाका विभिन्न व्यक्ति , पिडित महिला, किशोरी तथा अन्य महिला, जिल्ला अदालत सर्लाहीका न्यायाधीश, अधिबक्ता सँग गहण छलफल गरी यो कार्यविधि तयार गरिएको बताउनुभयो।

यसैगरी चक्रघटा गाउँपालिकाले महिला कानुन र विकास मञ्चकी कार्यक्रम व्यवस्थापक  रोजिना श्रेष्ठ र समाजिक विकास केन्द्र नेपालकी अध्यक्ष खुस्बु कुमारी कुशवाहालाई संस्थागत सम्मान गरेको छ ।

कार्यक्रममा  चक्रघटा गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य , विभिन्न शाखाका कर्मचारीहरु लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको समाजिक विकास केन्द्रका अधिकृत राजिव कुशवाहाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button