२६ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्तनपान दिवसमा विभिन्न कार्यक्रम – Nigrani Today
ताजा खबर

स्तनपान दिवसमा विभिन्न कार्यक्रम

“स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” भन्ने मुल नाराका साथ महोत्तरीमा विश्व स्तनपान दिवस सप्ताह ब्यापी रुपमा अगष्त १ तारिखदेखि ७ अगष्तसम्म मनाइएको छ ।

वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगका साझेदारीमा एकिकृत ग्रामिण विकास समाज महोत्तरीले संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाद्वारा एकडारा र सम्सी गाउँपालिकामा स्तनपान गराइरहेका आमाहरुसँग स्तनपानको महत्वको बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

एकडारा गाउँपालिकाको ९० जना र सम्सी गाउँपालिकाको ३० जना आमाहरुलाई सहभागी गराई स्तनपानको महत्व, आवश्यकताको बारेमा जानकारी दिएका थिए भने शिशुलाई स्तनपान कसरी गराउने भन्ने बारेमा प्रयोगात्मक रुपमा प्रस्तुत समेत गरिएको संस्थाका पोषण अधिकृत भुपेन्द्र निरौलाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा स्तनपान गराउने अभ्यास घट्दै गइरहेको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम प्रभावकारी रहेको र गर्भ जाँच तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने विषयलाई समेत समेटेर अन्तरक्रिया कार्यक्रम गरिएको कुरा संस्थाका पोषण कार्यक्रम अधिकृत भुपेन्द्र निरौलाले बताउनुभयो ।

आमा र शिशुको स्वास्थ्यको लागि पनि जन्मेको ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु आवश्यक रहेको छ । एक तथ्यांक अनुसार हाल स्तनपानको अवस्था मधेश प्रदेशमा ६५ प्रतिशत र समग्र नेपालको ५६ प्रतिशत रहेकोले पनि स्तनपानलाई प्रवद्र्धन गर्नु पर्ने आवश्यकता रहेको छ ।

यसैबीच संस्थाले स्तनपानलाई प्रवद्र्धन गर्ने उद्देश्यले एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाको विभिन्न स्थानमा सन्देशमुलक भित्तलेखन समेत गरेको जानकारी संस्थाका पोषण कार्यक्रम अधिकृत निरौलाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button