२६ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा र पर्सामा विश्व स्तनपान सप्ताह सम्पन्न – Nigrani Today
Uncategorized

हरिपुर्वा र पर्सामा विश्व स्तनपान सप्ताह सम्पन्न

सर्लाहीको हरिपुर्वा र पर्सामा विश्व स्तनपान सप्ताह सम्पन्न भएको छ।  विश्व स्तनपान सप्ताह २०२५ साउन १६ गते (अगष्ट १) देखि साउन २२ गते (अगष्ट ७) सम्म “स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौं” भन्ने मूल नाराका साथ सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा विविध कार्यक्रमका साथ मनाइएको छ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) सँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) सर्लाहीद्वारा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत, सम्बन्धित पालिकाको समन्वयमा स्तनपान गराइरहेका आमाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा हरिपुर्वा नगरपालिकामा ५० जना आमा र  पर्सा गाउँपालिकामा ४० जना आमा सहभागी बनेका थिए।

स्वास्थ्य संस्था तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा स्तनपानको महत्व, आवश्यकता, शिशुलाई स्तनपान गराउने सही तरिका तथा व्यावहारिक प्रदर्शनमार्फत जानकारी दिइयो। कार्यक्रम संस्थाका फिल्ड स्टाफ राजेश गुप्ता र सुनिल मिश्रले सञ्चालन गरेका थिए।

अन्तरक्रियामा पछिल्लो समयमा स्तनपानको अभ्यास घट्दो क्रममा रहेको तथ्यलाई ध्यानमा राखी, गर्भ जाँच तथा स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गर्नुपर्ने सन्देशसमेत दिइयो। स्वास्थ्य विशेषज्ञहरूले जन्मेपछि पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्ने आवश्यकता औँल्याए।

तथ्यांक अनुसार, हाल मधेश प्रदेशमा ६५ प्रतिशत र समग्र नेपालमा ५६ प्रतिशत आमाहरूले मात्र स्तनपान गराइरहेका छन्, जसले स्तनपान प्रवर्द्धनको आवश्यकता अझै बढाएको देखिन्छ।

यसै क्रममा, संस्थाले स्तनपानको सन्देश फैलाउने उद्देश्यले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विभिन्न स्थानमा सन्देशमूलक भित्ते लेखन, अभिमुखखिकारण समेत गरेको पोषण कार्यक्रम अधिकृत सुमित कुमार शाहले जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button