२६ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी कार्यपालिका सदस्य सहित दुई जनाको मृत्यु – Nigrani Today
ताजा खबरसमाचारस्थानीय

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी कार्यपालिका सदस्य सहित दुई जनाको मृत्यु

सर्लाही,२३ साउन । सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी नगर कार्यपालिका सदस्य सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका वडा नं. ११, छतौना बस्ने ५५ वर्षीय चन्दादेवी बैठा रहेकी छन भने धनकौल गाउँपालिका ३ हरकठ्वा बस्ने निसार शेखको छोरा १३ वर्षीय फैजान शेख रहेको छ ।

सर्लाहीको बलरा नगरपालिका वडा नं. ११, छतौनामा शुक्रबार बीआर ३० के ४६९४ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिदाँ बलरा नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेकी बैठाको मृत्यु भएको हो । बैठालाई बलरास्थित प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा प्राथमिक उपचार गरी प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका वडा नं. ११, कै ३५ वर्षीय जितेन्द्र ठाकुरसमेत गम्भीर घाइते भएको छ । गम्भीर घाइते ठाकुरलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात वीरगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी बालिष्टर सिंहले जानकारी दिनुभयो ।

यस्तै बिहीबार साँझ बरहथवा नगरपालिका वडा नं. ८ टाँडी स्थित भित्री सडक खण्डमा बरहथवाबाट टाँडी तर्फ जाँदै गरेको ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको बसबाट लडेर फैजान शेखको मृत्युु भएको छ । फैजान शेख गुडी रहेको स्कुल बसको ढोकामा उभि रहेकोमा लड्दा घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो। कक्षा ३ मा अध्यनरत शेख घाईते भएकोमा संकटमोचन अस्पताल, बरहथवामा प्राथमिक उपचार पश्चात थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुल बस र बसका चालक बागमती नगरपालिका १० बस्ने २१ वर्षीय राज कुमार यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सिंहले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button