
सर्लाहीको हरिपुर्वा नगरपालिकाका युवाहरुले विभिन्न माग सहितको ज्ञापन पत्र नगर प्रमुख बिनोद साहलाई बुुझाएका छन । हरिपुर्वामा शिक्षा क्षेत्रमा भएको विकृती ,भ्रष्टाचारको खेल र कर्मचारीतन्त्रलाई अव्यवस्थित बनाएको हुदाँ आइतवार युवा समाजले ज्ञापनपत्र बुुझाएको हरिपुर्वा नगर युुवा समितिका अध्यक्ष दिपेश यादवले बताए ।
हरिपुर्वा नगरपालिकालाई त्यहाँका सचेत युवाहरुले बिभिन्न १० बुंदे मागहरु राख्दै नगरप्रमुख साहलाई ज्ञापनपत्र बुुझाएको अध्यक्ष यादवले बताए। युुवारुले ज्ञापनपत्रमा राखेका मागहरू एक हप्ताभित्र टुंगो नलागेको खण्डमा चरणवद्ध आन्दोलन समेत गर्ने अध्यक्ष यादवले चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समिति गठनमा पारदर्शिता र समयमै प्रक्रिया पूरा गर्नुपर्ने,केश्वर गरिब जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति माथि नगरपालिकाले गरि रहेको अघोषित प्रतिषोध अन्तय गर्नुुपर्ने, शिक्षक अपुुग रहेको विद्यालयमा पदपुुर्ती गनुर््पर्ने,हरिपुुर्वा नगर अस्पतालमा खरिद भएको सामग्रीहरुको हिसाब सार्वजनिक गनुुपर्ने उल्लेख छ ।
यस्तै पालिकाका कर्मचारीहरु समय भित्र पोषाक लगाई कार्यालयमा उपस्थित भई सेवाग्राहीलाई छिटोछरितो सेवा दिनुुपर्ने, पालिकाले तोकेको सिफारिस शुल्कहरु निःशुुल्क हुनुुपर्ने, खानेपानी र कृषिमा देखिएको समस्याहरु तत्काल समाधान हुनुुपर्ने, वितरणमुुखी योजना र सामग्रीहरु कार्यबिधि बनाई लागुु गर्नुुपर्ने, पालिकामा चरमसिमामा रहेको भ्रष्टाचारलाई अन्तय गनुुपर्ने, र आर्थिक वर्ष २०८१÷८२ मा पालिकाबाट संचालित योजना तथा कार्यक्रमको सम्झौता गरि कार्य सम्पन्न गरेको उपभोक्ता र ठेकेदार कम्पनिहरुको भुक्तानी गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
सचेत युवा समाजले चेतावनी दिँदै तोकिएको समयभित्र माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ। ज्ञापनपत्रमा स्थानीय बासिन्दा र युवा समाजका सदस्यहरूले हस्ताक्षर गरेका छन्।