२६ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सिकाइ प्लस परियोजनाको आ.ब. २०८२-०८३ को प्रारम्भिक बैठक सम्पन्न – Nigrani Today
Uncategorized

सिकाइ प्लस परियोजनाको आ.ब. २०८२-०८३ को प्रारम्भिक बैठक सम्पन्न

सिकाइ प्लस परियोजनाको आ.ब. २०८२-०८३ को प्रारम्भिक बैठक सम्पन्न भएको छ।

गरुडा र माधव नारायण नगरपालिकामा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र द्वारा सञ्चालित समावेशी गुणस्तरीय शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजनाको आ.व. २०८२–०८३ को कार्य योजना प्रस्तुतिकरण तथा प्रारम्भिक बैठक गरिएको हो।

गरुडा र माधव नारायण नगरपालिकाका नगर प्रमुख क्रमश कन्थमनी प्रसाद कलवार र बैजनाथ प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

परियोजनाले गत बर्षमा गरेको कामको समिक्षा, उपलब्धि तथा सामुदायीक विद्यालयमा देखिएका समस्या र चुनौतीहरु प्रस्तुत गरिएको थियो । परियोजनाले आ.ब. २०८२-०८३ मा समाबेशी शिक्षा, अपांगता समाबेशीकरण, महिला आर्थिक सशक्तिकरण, लैंगिक समानता र बाल संरक्षणको शेत्रमा गरिने क्रियाकलाप र अनुमानित बजेट पनि प्रस्तुत गरिएको थियो | संस्थाले प्रत्येक वर्ष परियोजनाले गर्ने कार्यक्रम र बजेट पालिकाको नगर परिषद्बाट अनुमोदन गराई रेडबुकमा प्रकाशन गराउने गरेको संस्थाको संयोजक नागेन्द्र प्रसाद शाहले बताउनु भयो ।
परियोजनाले शिक्षकहरुलाई प्रदान गर्ने विषयगत तालिमबाट सिकेका कुराहरु कक्षाकोठामा लागु गराउनको लागि स्थानिय सरकारबाट नियामित अनुगमन हुनुपर्ने प्र.अ. मौजेलाल साहले बताउनु भएको थियो । गरुडा नगरपालिकाका नगर प्रमुख कलवारले स्थानीय स्तरमा उपलब्ध शिक्षित तथा अनुभवी व्यक्तिहरूसँग छलफल गरेर परियोजनाको क्रियाकलापहरु निर्धारण गर्नु पर्ने सलाह दिनु भएको थियो | शिक्षा क्षेत्रमा देखिएका सबै समस्याहरुलाई समाधान गर्न हामी सबै सरोकारवालाहरुको जिम्मेवारी रहेको बताउनु भयो | माधव नारायण नगरपालिकाका नगर प्रमुख यादवले परियोजनाले उपलब्ध गराएको शैशिक सामग्री र तालिम मा सिकेका ज्ञान र शीपको प्रयोग गरि हार्ड वोर्क हैन कि स्मार्ट वोर्क मार्फत शिक्षा मा सुधार ल्याउनु पर्ने बताउनु भयो।

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, सर्लाहीको साझेदारीमा सञ्चालित समावेशी गुणस्तरीय शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना मधेश प्रदेशका सबै भन्दा कमजोर अवस्थामा रहेको बालबालिकाले शिक्षामा समान पहुँच गराउने, सक्रिय रुपमा सहभागी गराउने र आधारभूत शिक्षामा समान सिकाइ उपलब्धि हासिल गराउने लक्ष्यका साथ सञ्चालन हुदै आएको संस्थाको संयोजक शाहले बताउनु भयो । यो परियोजना सर्लाही जिल्लाको हरिपुरर्वा नगरपालिका, पर्सा, चन्द्रनगर, ब्रहम्पुरी गाउँपालिका र रौतहट जिल्लाको गरुडा र माधव नारायाण नगरपालिकामा सञ्चालनमा रहेको छ ।
प्रारम्भिक बैठकमा सिकाइ प्लस परियोजनाको परियोजना व्यवस्थापक आदित्य पटेलले स्वागत मन्तवय तथा उदेश्य माथि प्रकाश पारेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button