३२ श्रावण २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
टाउको गोली हानी सर्लाहीमा पुर्व शिक्षककोे हत्या, घटनाका शंकास्पद व्यक्तिको उपचार भइरहेको प्रहरीको भनाइ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

टाउको गोली हानी सर्लाहीमा पुर्व शिक्षककोे हत्या, घटनाका शंकास्पद व्यक्तिको उपचार भइरहेको प्रहरीको भनाइ

सर्लाही,३१ साउन । सर्लाहीमा दुुई जना अज्ञात व्यक्तिले टाउकोमा गोली प्रहार गर्दा एक जना पुर्व शिक्षको मृत्युु भएको छ । मृत्युु हुुनेमा सर्लाहीको हरिपुुर्वा नगरपालिका वडा नं. ६ बसन्तपुर निवासी माहदेव यादवको छोरा अन्दाजी ४० वर्षिय रामपुकार यादव रहेको छ । अज्ञात व्यक्तिले हत्या गरेका यादव सदरमुुकाम मलङ्वामा रहेको ज्ञानकुन्ज माध्यमिक विद्यालयका पुुर्व शिक्षक थिए।

शुुक्रवार राती ८;२० बजेको समयमा पहिचान नखुलेको अपरिचित ब्यक्तिहरुले गोली हान्दा टाउकोमा गोली लागि यादव गम्भिर घाइते भएका थिए । गम्भिर घाईते यादवलाई उपचारको लागी जानकी हेल्थ केयर पर्सा महोत्तरीमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा डिएसपी सरोज राईले जानकारी दिनुुभयो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।थप अनुसन्धान तथा आक्रमणकारीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २१ जनासहित जम्मा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ ।

अहिलेसम्म घटनाको कारण र आक्रमणकारीको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता राईले जानकारी दिनुुभयो ।

अज्ञात व्यक्तिले टाउकोमा गोली हानेर भागदै गर्दा उनिहरुको मोटरसाइकल बसन्तपुरमै दुुर्घटना हुदाँ एक जना फेला परेको हरिपुर्वाका पत्रकार बिबेक यादवले जाकारी दिनुुभयो ।

यस विषयमा प्रहरी प्रवक्ता राई सँग बुुझदाँ एक जना दुुर्घटनामा परेर घाइते भएको छ र उ घटनाका शंकास्पद व्यक्ति भएको बताउनुुभयो । शंकास्पद व्यक्तिको प्रादेशिक अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा उपचार भइरहेको प्रहरी प्रवक्ता राईले बताउनुुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button