१ भाद्र २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई सचेत युवाको ज्ञापनपत्र, सोमवार बाट चरणवद्ध आन्दोलन हुने – Nigrani Today
ताजा खबर

प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई सचेत युवाको ज्ञापनपत्र, सोमवार बाट चरणवद्ध आन्दोलन हुने

सर्लाही,१ भदौ । सर्लाहीको हरिपुर्वा नगरपालिकाका सचेत युवाहरुले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन । हरिपुर्वा नगरपालिकाका सचेत युवा समाजले गर्न लागेको चरणवद्ध आन्दोलनको पुर्व जानकारी प्रमुख जिल्ला अधिकार श्रेष्ठलाई ज्ञापन–पत्र मार्फत जानकारी गराएका छन्।

युवाहरुले सोभवार बाट भदौ ५ गते सम्म हरिपुर्वा नगरपालिकाका जनप्रतिनिधीहरुको विरुद्धमा चरण्वद्ध आन्दोलन गर्ने ज्ञापनपत्रमा उल्लेख छ । भाद्र २ गते हरिपुर्वाको चौक चौकमा टायर बाल्ने र मसाल जुलुस गर्ने, ३ र ४ गते प्रत्येक वडाहरुमा कोण सभा र बिरोध सभा गर्ने, ५ गते नगरभित्र मोटरसाइकल ¥याली सहित बिरोध प्रदर्शन तथा कोण सभा गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

सचेत युवा समाजका अध्यक्ष दिपेश यादव भन्छन् “हामिहरुले यस पालिकामा भईरहेको नितिगत भ्रष्टाचार,बेतिथि र मेयरद्वारा शिक्षा क्षेत्रमा राजनितीक प्रतिसोध साध्नु जस्ता अनैतिक क्रीयाकलाप हुँदा बारम्बार हामी ध्यानाकर्षण गराउँदा पनि मेयर बिनोद कुमार साहले वास्ता नगरेकोले अबको आन्दोलन हामि चरणबद्ध तरिकाले गर्न गईरहेका छौं र यस् आन्दोलनबाट हुने भौतिक एवम् मानवीय क्षतिको जिम्मेवारी नगरपालिकाले लिनुपर्छ“ ।

मेयर बिनोद कुमार साह निर्वाचित भए समय देखि हालसम्म जनताको मौलिक हक अधिकार हनन गरि तनाशाहि प्रवृति देखाईरहेको ज्ञापनपत्रमा उल्लेख छ । पालिका प्रति रहेको निराशालाई आशामा बदल्न र लोकतान्त्रिक अधिकारको प्रत्याभुति गराउन निम्ति यस पालिकाभरीको सचेत यूवाहरु ध्यानाकर्षण भए अनुसार नगर प्रमुख समक्ष मिति साउनको २५ गते आईतवारको दिन १० बुँदे माग सहित ७ दिन भित्रको समय। उक्त निर्धारित समय भित्र पालिकाको तर्फबाट कुनै किसिमको पहल नगरि यूवा पुस्तालाई समेत वे–वास्ता गरेकोले हामी सचेत यूवा समाज चरणबद्ध आन्दोलन गर्न बाध्य भएको छौ।

आन्दोलनबाट समस्या समाधान नभए पश्चात दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषना गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ । आन्दोलन र जनकार्यवाहीमा हुने कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेबारी पालिकाले लिनु पर्ने छ विज्ञप्तीमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button