१ भाद्र २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरका जनप्रतिनिधी र शिक्षकले आफनो निजी लगानीमा नाढीमन तालमा विरुवा रोप्ने – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

चन्द्रनगरका जनप्रतिनिधी र शिक्षकले आफनो निजी लगानीमा नाढीमन तालमा विरुवा रोप्ने

सर्लाही,१ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका जनप्रतिनिधी र शिक्षकले आफ्नो निजी रकमबाट “यक्ष दह उधान“ निर्माण कार्यको लागि वृक्षारोपन गर्न लागेको छ ।

गाउँपालिकाका जनप्रतिनिधीले २ सय ३५ वृक्ष रोप्ने भएको छ । नाढीमन तालमा “यक्ष दह उधान“ निर्माण कार्यको लागि वृक्षारोपन गर्न लागिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । एउटा विरुवा रोप्न करिब २ हजार ५ सय खर्च हुने गरेको छ । यसैगरी चन्द्रनगर गाउँपालिकाका सामुदायिक विधालयका शिक्षकरुले पनि आफनो निजि लगानीमा यक्ष दह उधान निर्माणमा वृक्षारोपन गर्ने निर्णय गरेकोे छ । शिक्षकहरुले १ सय ३८ वटा वृक्ष रोप्ने गाउँपालिकाले जनाएको छ ।


नाढीमन ताललाई सिगार्न तथा यक्ष दह उधान निर्माणमा वृक्षारोपन गर्न जनप्रतिनिधीले आफ्नो निजी खर्च गर्ने चन्द्रनगर गाउँपालिकाकाले जनाएको छ । नाढीमन तालको ३ किलोमिटर दुरी रहेको डिल तथा परिसरमा “यक्ष दह उधान“ निर्माण हुन लागेको छ र तालको डिलमा वृष रोपिने चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।

“यक्ष दह उधान“ निर्माण गर्न नाढीमन तालको डिलमा १ सय प्रजातीका २ हजार ५ सय वृक्षारोपण गरिने अध्यक्ष महतोले जानकारी दिनुभयो । विरुवाहरुमा स्थानीय रैथाने लोपोन्मूख नविनतम सौन्दर्यात्मक बहुवर्षिय फुल र फल दिने वृक्ष रोपने अभियान रहेको अध्यक्ष महतोले जानकारी दिनुभयो । जनस्तरबाट जनताको नीजि लगानीमा निर्माण हुने यक्ष दह उधान कार्यमा आफ्नो परिवार, आफन्त र संघ संस्था वा पार्टीको नाममा वृक्षारोपण गरि पुनित कार्य गर्ने र ईतिहासमा नाम लेखाउने अवसरको सदुपयोग गर्न अध्यक्ष महतोले आग्रह गर्नुभयो ।

चन्द्रनगर गाउँपालिकाको गौरव र सम्पदाको प्रतीक मानिने नाढीमन तालको संरक्षण, विकास, मौलिक पुनःनिर्माण, सौन्दर्यीकरण तथा प्रवर्दनका लागि ‘यक्ष दह उद्यान निर्माण जनअभियान २०८२’ वैशाख ३० गते बाट शुभारम्भ भएको थियो । फुल तथा विरुवा संरक्षण गर्न फलाम र जालीको घेरा गरी ६ जना कर्मचारी भर्ना गरिने छ । यो अभियान नाढीमन ताललाई पर्यटकीय तथा सांस्कृतिक केन्द्रको रुपमा विकास गर्न दिशानिर्देशक साबित हुने निमित प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button