६ भाद्र २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मुख्यमन्त्री सिंह मलेसिया प्रस्थान – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

मुख्यमन्त्री सिंह मलेसिया प्रस्थान

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह गैर आवासीय नेपाली संघ (एनआरएनए) को निमन्त्रणामा मलेसिया प्रस्थान गर्ने भएका छन्।

शुक्रवार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्न लागेका मुख्यमन्त्री सिंह शनिबार बिहान मलेसिया अवतरण गर्ने कार्यक्रम रहेको छ। उनी त्यहाँ शनिबार साँझ आयोजना हुने “हरितालिका तीज विशेष च्यारिटी साँझ २०८२” कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

यस यात्रामा मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज श्रीचन (सुजन) यादव, सत्यवान कुमार सिंह, रोशन कुमार सिंह, विकास कुमार ठाकुर र ओमप्रकाश सरफ समेत सहभागी हुने छन्।

कार्यक्रम अन्तर्गत आइतबार (भदौ ८ गते) मुख्यमन्त्री सिंहले मलेसियामा रहेका विभिन्न संघ–संस्था तथा श्रमिकहरूसँग भेटघाट गर्ने, सोमबार (भदौ ९ गते) क्वालालम्पुरस्थित नेपाली दूतावासमा भेटघाट कार्यक्रम रहने र मंगलबार स्वदेश फर्कने कार्यतालिका रहेको छ।

। गैर आवासीय नेपाली संघ, मलेसियाले आयोजना गरेको सो कार्यक्रममा महिला दिदीबहिनीहरूको तीज गीत–नृत्य, दर खाने रमाइलो र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्।

आयोजकले मुख्यमन्त्री सिंहको उपस्थितिले कार्यक्रममा अझै भव्यता थप्ने विश्वास व्यक्त गरेका छन्।यसैगरी मुख्यमन्त्री सिंह भदौ ८ गते आइतवार मलेसियामा रहेका विभिन्न संघ संस्था तथा श्रमिक हरुसँग भेटघाट गर्ने, भदौ ९ गते सोमवार नेपाल राजदुतावास क्वालालम्पुरमा भेटघाट कार्यक्रम रहने, र मंगलवार स्वदेश फर्किने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button