६ भाद्र २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अदालतकोे परमादेशविरुद्ध सर्लाहीमा जसपाको प्रदर्शन – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

अदालतकोे परमादेशविरुद्ध सर्लाहीमा जसपाको प्रदर्शन

सर्वोच्च अदालतले गौरकाण्ड प्रकरणमा छानबिन गर्न दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनलाई शुक्रवार पाँचौ दिनसम्म निरन्तरता दिएको छ ।पार्टी अध्यक्ष उपेन्द्र यादवलाई योजनाबद्ध रूपमा फसाउन खोजिएको आरोप लगाउँदै जसपा नेता–कार्यकर्ताहरू देशभर सडकमा उत्रिएका हुन् ।

यसैक्रममा संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा जनता समाजवादी पार्टी जसपा जिल्ला समिति सर्लाहीले सदरमुकाम मलंगवामा शुक्रवार भव्य विरोध ¥याली आयोजना गरेको छ।मधेश सरकारका पूर्वअर्थमन्त्री संजय यादव, कबिलासी नगरपालिकाका पूर्व प्रमुख कौशल रायसहित जिल्लाका शीर्ष नेता, कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिहरूको सहभागितामा ¥याली सम्पन्न भएको हो।गौर हत्याकाण्डमा जसपा संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवलाई फसाउन सरकारले प्रयास गरेको भन्दै विरोध स्वरूप ¥याली निकालिएको पार्टीले जनाएको छ।

सर्वोच्च अदालतले हालै गौरकाण्ड सम्बन्धी मुद्दामा छानबिन अघि बढाउन आदेश दिएलगत्तै जसपा नेपाल आक्रोशित बनेको हो । जसपाका नेताहरूले भूमि विधेयकमा अध्यक्ष यादवले असहयोग गरेको कारण राजनीतिक प्रतिशोधका आधारमा सरकारले उनलाई लक्षित गर्दै यस्तो कदम चालेको दाबी गरेका छन् ।

सदरमुुकाम मलंगवामा भएको विरोध प्रदर्शनमा जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘उपेन्द्र यादवलाई फसाउन खोजिएको षड्यन्त्र बन्द गर’ जस्ता नारासहित सरकारविरुद्ध कडा आक्रोश पोखेका थिए । सडक तताएका प्रदर्शनकारीहरूले निर्णयलाई अस्वीकार गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेका छन् । यसैबीच, सर्लाही सहित मधेशका विभिन्न जिल्लाहरू धनुषा, पर्सा, सिरहा, सप्तरीलगायत क्षेत्रमा समेत आन्दोलन व्यापक बनेको छ ।

नेता तथा कार्यकर्ताहरूले सडकमा नाराबाजी गर्दै, सडक जाम गर्दै र विरोधसभा आयोजना गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । जसपाका नेताहरूले गौरकाण्डलाई पुनः उठाएर सरकार पार्टीको नेतृत्व कमजोर बनाउन खोजिरहेको आरोप लगाएका छन् । उनीहरूले आन्दोलनलाई अझ चर्काउने चेतावनीसमेत दिएका छन् ।

जसपाका शीर्ष नेतृत्वको भनाइअनुसार उपेन्द्र यादवमाथि लगाइएको आरोप राजनीतिक उद्देश्यले प्रेरित छ । त्यसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन ।आन्दोलन चर्किएसँगै काठमाडौँदेखि मधेशसम्मका विभिन्न क्षेत्रमा सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ । सम्भावित भिडन्त रोक्न प्रहरीले राजधानीका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ भने मधेशका जिल्लाहरूमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button