गोडैतामा ईलाका प्रशासनको माग गर्दै सर्लाही सदरमुकाममा प्रदर्शन

सर्लाही,१६ भदौ । सर्लाहीको सदरमुकाम मलंगवामा विरोध प्रदर्शन भएको छ । सोमवार सर्लाहीको गोडैता नगरपालिका वडा नं. ७ मा ईलालका प्रशासन कार्यालयको मग गर्दै सर्लाहीको गौडैता नगरपालिका, विष्णु गाउँपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका र धनकौल गाउँपालिकाका स्थानिय तथा नेताहरु मलंगवामा जन प्रदर्शन गरेको छ । गएको भदौ ९ गने मन्त्रिपरिषदको निर्णयले बलरा नगरपालिकामा ईलालका प्रशासन कार्यालय स्थापना गर्न निर्णय गरेको थियो ।
सो निर्णय बदर गरी गौडैता बजारमा ईलालका प्रशासन कार्यालय स्थापनाको माग गर्दै स्थानियहरु प्रदर्शन गरेको छ । प्रदर्शनकारीले षडयन्त्रकारी मुर्दावाद, गोडैतामा ईलालका प्रशासन कार्यालय कायम गर, बलरामा ईलालका प्रशासन कार्यालय गर्ने निर्णय खारेज गर लगायतको नारा लगाएका थिए ।
नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापती विरेन्द्र प्रसाद सिंहले ईलालका प्रशासन कार्यालय बलरा, धनकौल, बसवरीया, विष्णु र गौडैताका नगरवासीहरुलाई पायेक पर्ने ठाउँनै गोडैता बजार हो तर केही षडयन्त्रकारी व्यक्तिले बलरामा ईलालका प्रशासन कार्यालय लान खोजेको छ । ईलालका प्रशासन कार्यालय पायेक पर्ने ठाउँमा नभए सम्म आन्दोलनको कार्यक्रम जारी राख्ने बताउनुभयो । आइतवार हामीले गृहमन्त्री रहेश लेखकलाई ज्ञापन पत्र बुझाएका थियौ र मन्त्रीजी सकारात्मक कुरा गरेको उहाले बताउनुभयो ।
मालपोत कार्यलय, नापी कार्यालय लगायतका सबै कार्यालय गोडैतामा नहुन्जेल सम्म निरन्तर आन्दोलनको कार्यक्रम गर्ने उपसभापती सिंहले बताउनुभयो ।
अहिले हजारकौ संख्यामा प्रदर्शन भएको हो र यो टेलर मात्र हो फिल्म बाँकी रहेको उपसभापती सिंहले भन्नुभयो । हाम्रो माग पुरा नभए मलंगवा जाम गर्ने तब पनि सरकार सुनेन भने जिल्लाभरी नै मसाल जुलुस निकाली आन्दोलनको कार्यक्रम घोषणा हुने उहाँले बताउनुभयो । अब नेपाल सरकारलाई भन्न चाहन्छु जन्ताको लागि ईलालका प्रशासन कार्यालय स्थापना गर्न खोज्नु भएको छ भने गोडैतामा गर्न आग्रह गर्नुभयो ।
प्रदर्शन पश्चात मधेश प्रदेशका सदस्य तथा नेपाली काग्रेस मधेश प्रदेशका उपसभापती सिंह, प्रदेश सांसद फकिरा महतो, गोडैता नगरपालिकाकी उपमेयर अंजना कुशवाहा, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर यादव, धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह द्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्र सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
यस्तै बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले बलरामै स्थापना हुने निर्णय भएको इलाका प्रशासन कार्यालयलाई गोडैतामा सार्ने प्रयासप्रति गम्भीर आपत्ति जनाएका छन्। उहाले कार्यालय बलरा नगरपालिकाभित्रै स्थापना हुनुपर्ने भन्दै सरकारसँग जोडदार माग गर्नुभएको छ। मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले देशभरका २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको थियो।
यस निर्णय अनुसार सर्लाहीको बलरा नगरपालिकामा कार्यालय स्थापना हुने टुंगो भएको थियो।तर गोडैताबाट जिल्ला प्रशासन कार्यालय र गृहमन्त्रीसमक्ष “बलराको सट्टा गोडैतामा कार्यालय स्थापना हुनुपर्छ” भन्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएपछि बलरामा असन्तोष बढेको छ। नगरप्रमुख कुशवाहाले यस विषयमा छलफल नै नगरी केही नेतृत्व वर्गले स्थानान्तरणको प्रस्ताव अघि बढाउनु दुःखद् भएको बताउनुभयो ।उहाले भन्नुभयो्, “इलाका प्रशासन कार्यालय, बलरा भन्नाले केवल साविक बलरा मात्र नभई हालको ११ वडासहित सम्पूर्ण बलरा नगरपालिकालाई बुझिनुपर्छ।
सीमा प्रहरी चौकी, विद्यालय, बैंक, अस्पताल, सिटिइभिटी क्याम्पस लगायतका संस्था यहाँ निर्वाध सञ्चालनमा छन्। सुरक्षाको बहानामा बलरालाई अस्वीकार गर्नु गलत हो।”कुशवाहाले बलरा, रामनगर, धनकौल, गोडैता र विष्णु गाउँपालिका सेवा क्षेत्रमा पर्ने सबै स्थानीय तहका जनतालाई पायक हुने गरी बलरामै उपयुक्त स्थानमा कार्यालय स्थापना गर्न सबै सरोकारवालालाई एउटै टेबुलमा बस्न आग्रह गर्नुभयो । उहाले बलरालाई फेरि पछाडि धकेल्ने प्रयास न्यायोचित नहुने बताउनुभयो ।