ताजा खबर
रेडियो स्मार्टको दोस्रो वार्षिकोत्सव सम्पन्न

सर्लाहीको बरहथवा नगरपालिका–५ मा अवस्थित रेडियो स्मार्ट १०७.२ मेगाहर्जले आफ्नो दोस्रो वार्षिकोत्सव धुमधामका साथ मनाएको छ। रिमझिम मिडिया नेटवर्क प्रालि द्वारा सञ्चालित रेडियो स्मार्टले दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।
रेडियोका अध्यक्ष संजय गुप्ताले स्थापनाकालदेखि नै रेडियोले समाचार, सूचना र विविध सामाजिक–सांस्कृतिक कार्यक्रम निरन्तर प्रसारण गर्दै आएको जानकारी दिनुभयो।
उहाँले आगामी दिनमा अझ गुणस्तरीय सामग्रीसहित समुदायमुखी प्रसारणमा ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।