सर्लाहीको पर्सा गाउँपालिकामा अज्ञात महिलाको शव फेला

सर्लाही जिल्लाको पर्सा गाउँपालिका–१ हर्दी खोलाको किनारमा एक अज्ञात महिलाको शव फेला परेको छ।सोमवार बिहान ६ः३० बजे खोलाको किनारमा करिब ३० देखि ३५ वर्ष उमेरकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीलाइ सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी हवल्दार सत्रुधन प्रसाद कुशवाहाको कमाण्डमा गएको टोलीले घटनास्थल सुरक्षामा लिएर मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । महिलाको खोलाले बगाएर मृत्यु भएको आशंका गरिए पनि पुष्टी हुन बाँकी रहेको छ ।
त्यसैगरी, थप अनुसन्धानका लागि प्रहरी निरीक्षक बलिष्टर सिंहको कमाण्डमा नौ जनाको प्रहरी समूह घटनास्थलमा पुगेको थियो ।