२२ आश्विन २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गोमन सर्पको टोकाइबाट महिलाको मृत्यु, झारफुकको भर परेर गुम्यो ज्यान – Nigrani Today
ताजा खबरस्थानीय

गोमन सर्पको टोकाइबाट महिलाको मृत्यु, झारफुकको भर परेर गुम्यो ज्यान

सर्लाही, असोज २२ – सर्लाहीको कौडेना गाउँपालिका–२ फुलपरासीकी ४२ वर्षीया नयन देवी यादवको सर्पको टोकाइबाट मृत्यु भएको छ। पीडित नयन देवी यादवलाई बुधवार दिउँसो करिब १२ बजे प्रादेशिक अस्पतालमा लगदा मृत्यु भएको हो ।

यादवलाई सर्पले टोकेपछि उनलाई नजिकैको “विषहरा बाबा मन्दिर”मा लगिएको थियो, जहाँ झारफुक गरेर विष हट्ने विश्वास गरिन्छ। तर उपचारमा ढिलाइ हुँदा उनको अवस्था गम्भीर बनेपछि अस्पताल लैजाने क्रममा नै मृत्यु भएको नवलपुर सर्पदंश उपचार केन्द्र जनाएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार सर्पले टोकेपछि धेरैजसो मानिसहरूले झारफुक वा धामीझाँक्रीको सहारामा समय गुमाउँदा ज्यान जाने घटना बढ्दै गएको छ। उनीहरूका भनाइमा, सर्पले टोकेपछि तुरुन्त नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा लैजानु नै जीवनरक्षक उपाय हो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button