१४ कार्तिक २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा र पर्साका बाढीपीडित परिवारहरूलाइ राहत सामग्री वितरण – Nigrani Today
ताजा खबर

हरिपुर्वा र पर्साका बाढीपीडित परिवारहरूलाइ राहत सामग्री वितरण

सर्लाही — हालैको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका बाढीपीडित परिवारहरूलाई दोस्रो चरणमा राहत सामग्री वितरण गरिएको छ। पालिकाको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा बाढीले घरवार गुमाएका र कठिन परिस्थितिमा रहेका २२ परिवारलाई किचन सामग्री, स्वच्छता सामग्री र सोलार बत्ती प्रदान गरिएको हो।

राहत वितरण कार्यक्रम वल्र्ड भिजन इन्टरनेशनल नेपाल, बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको संयुक्त सहकार्यमा, हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको “flood response प्रोजेक्ट २०२५” अन्तर्गत सम्पन्न गरिएको हो। आयोजक संस्थाहरूका अनुसार यस चरणमा विशेषगरी कमजोर तथा जोखिममा रहेका परिवारहरूलाई प्राथमिकता दिइएको थियो।

कार्यक्रममा बागमती सेवा समाज नेपालका कार्यक्रम प्रमुख भरतकुमार कार्की, वल्र्ड भिजन इन्टरनेशनल नेपालकी जिल्ला संयोजक सीता चौधरी, पालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

फिल्ड मोबिलाइजर चाँदनी चौधरीका अनुसार, “दोस्रो चरणको यो सहयोगले बाढीपीडित परिवारहरूलाई खाना पकाउन आवश्यक सामग्री र व्यक्तिगत सरसफाइका वस्तु उपलब्ध गराएर उनीहरूलाई पुनःस्थापनाको दिशामा अघि बढ्न थप सहयोग पु¥याउने उद्देश्य राखिएको हो,” उनले भनिन्।

संस्थाहरूले विगतदेखि नै प्राकृतिक विपत्तिको समयमा राहत, पुनःस्थापना र पुनर्निर्माणका गतिविधिहरू सञ्चालन गर्दै आएका छन्। आगामी दिनहरूमा पनि पालिकाको सहकार्यमा समुदायसँग मिलेर राहत तथा पुनर्निर्माणका कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाइएको छ।

स्थानीयवासीहरूले संस्थाहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भनेका छन्, “दोस्रो चरणको यो सहयोग पालिकाको समन्वयमा सम्पन्न हुनु समुदायका लागि ठूलो हौसला र आशाको संकेत हो।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button