धर्म दर्शनप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय
		
	
	
सर्लाहीका हाट–बजारमा छठ पर्वको सामग्री किनमेल गर्नेको चहलपहल

कार्तिक ०८ :- छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन चाहिने सामग्रीहरू खरिद–बिक्रीको लागि अहिले सर्लाहीको हाट बजारमा व्यापक चहलपहल देखिएको छ ।
सर्लाहीको बयलबास, चन्द्रनगर, लालबन्दी, हरिपुर, हरिवन, बरहथवा, मलंगवा , गोडैता, हरिपुर्वा लगायत अन्य गाउँ सहरमा लाग्ने साप्ताहिक हाटदेखि मुख्य बजारमा अर्घ्यको लागि चाहिने सामग्रीहरू केरा, अदुवा, भोगटे, उखु लगायतका सामग्री किन्नेको चहलपहल बढेको देखिएको ईश्वरपुर सर्लाही उद्योग वाणिज्य संघका अध्यक्ष मनोज साहले बताउनुभयो ।
छठमा प्रसादका रूपमा ठकुवा, कसार, केरा, उखु मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, किसमिस लगायतका विभिन्न वनस्पति पनि राखिन्छ ।
				


