१४ बैशाख २०८३, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बालेनको डोजर आतंक बिरुद्ध प्रतिकारमा उत्रिन तयार रहेको सुकुम्बासीको चेतावनी – Nigrani Today
ताजा खबरसमाचार

बालेनको डोजर आतंक बिरुद्ध प्रतिकारमा उत्रिन तयार रहेको सुकुम्बासीको चेतावनी

काठमाडौं, २३ कार्तिक
आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले निर्वाचनको समयमा सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर आतंक मचाएर मुडभेड गर्न खोजेको जनाएको छ ।

निर्वाचन आयोगमा आज (आइतबार) संघले ध्यानाकर्षणपत्र बुझाउदै निर्वाचनको वातावरण बनाउन माग समेत गरेको छ । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा काठमाडौं महानगरपालिकाले सातदिने सूचना जारी गर्दै सुकुम्बासी बस्तीमा डोजर आतंक मचाउँने जनाउदै संघले यसबाट निर्वाचन बिथोलिन सक्नेमा सचेत गराएको छ ।

पछिल्लो समय निर्वाचनलाई बिथोल्ने हिसाबले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुकुम्बासी बस्तीमा डोजर आतंक मचाउने रणनीति अनुसार अगाडी बढेको संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । महानरको यस्तो गैरकानून कार्यका बिरुद्धमा जस्तो सुकै प्रतिकार गर्न आफूहरु तयार रहेको संघ अध्यक्ष विकले चेतावनी समेत दिएका छन् ।

‘हाम्रो जस्तो गरिब देशको राजधानीमा सुकुम्बासी बस्ती हुनु समस्या होइन । त्यसलाई व्यवस्थित बनाउनुको साटो काठमाडौं महानगरका मेयर बालेन शाहहरुले डोजर आतंक मचाउन खोज्नु दुर्भाग्य हो । सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउनु पर्ने दायित्वबाट भागेर समस्या समाधान हुदैन,’ संघका अध्यक्ष विकले भने ।

साथै, निर्वाचन निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा होस भन्ने आफूहरुको माग रहेको बताउदै संघका अध्यक्ष विकले बिजुली बिलका आधारमा मतदान गर्ने व्यवस्था गर्न आयोगसंग माग गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button