ताजा खबर
एकदिने डिजिटल पत्रकारिता साक्षरता तालिम सम्पन्न

सर्लाहीको सदरमुकाम मलंगवामा एकदिने डिजिटल पत्रकारिता साक्षरता ,लैंगिक सम्वेदनशील रिपोर्टिङ र गो ग्रिन पहलहरु सम्बन्धि तालिम सम्पन्न भएको छ ।
सदरमुकाम स्थित सुजाता होटलमा सुनौलो सिसौट नेपालको आयोजना, नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वय र इन्टरनेशनल एलर्टको सहयोगमा सर्लाहीका पत्रकारका लागि उक्त तालिम प्रदान गरिएको छ ।
तालिमका सहभागीलाई राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, इन्टरनेशनल एलर्टका एशिया डाइरेक्टर रविना श्रेष्ठ, सुनौलो सिसौट नेपालका अध्यक्ष अरुणप्रताप सिंह, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले सहभागी पत्रकारहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।




