२५ मंसिर २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास – Nigrani Today
ताजा खबर

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही,२४ मंसिर। सर्लाहीमा गरिमा विकास बैंक मलंगवाका ऋणी नथुनी मुखिया बिनले आज जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रांगणमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन् ।सर्लाहीको चन्द्रनगर वडा नं ६ कामद निवासी मुखियाले बैंकले आफूलाई ठगी गरी आफ्नो सम्पूर्ण जग्गा जमिन लिलामी गरेको आरोप लगाउँदै आफुले यस्तो कदम चालेका बताए ।

पीडित मुखियाले गरिमा विकास बैंक मलंगवाले जबर्जस्ती रूपमा आफ्नो सम्पत्ति लिलामी गरेको दाबी गर्दै न्यायका लागि पटक–पटक सम्बन्धित निकायमा गुहार माग्दा समेत सुनुवाइ नभएको बताए । उनले बैंकसँग मिलेमतो गरी प्रहरी र प्रशासनबाट पनि आफूलाई असहयोग भएको आरोप लगाएका छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसर बुधवार दिउसो तनावग्रस्त बनेको थियो ।

प्रहरीका अनुसार मुखियाले प्रहरी कार्यालय परिसरमै पेट्रोल छर्किएर आगो लगाउन खोज्दा त्यहाँ उपस्थित प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यलयले बैंकले पठाएको शान्ती सुरक्षा सम्बन्धि पत्र पठाएको थियो ।ती पत्रको आधारमा दुईटै पक्षलाई बोलाएर छलफलको लागि बोलाइएको थियो, छलफलको क्रममै मुखियाले आफ्नो शरिरमा पेट्रोल छर्केको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button