तीन शून्य क्लब दोस्रो प्रादेशिक सम्मेलन सम्पन्न

सर्लाही,२५ मंसिर । सर्लाहीको सदरमुकाम मलंगवामा तीन शून्य क्लव दोस्रो प्रादेशिक सम्मेलन २०८२ भव्य र सभ्यतापूर्वक सम्पन्न भएको छ । बुधवार मलंगवा स्थित जानकी पार्टी प्यालेसको सभा हलमा चमेली बचत तथा ऋण सहकारी संस्था लि., ईश्वरपुर–०६, सर्लाहीको आयोजना, स्वालम्बन विकास केन्द्र, काठमाण्डौँको समन्वय तथा माँ चमेली विकास समाज संस्था, कविलासीको सहयोगमा सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमका मुख्य प्रायोजक मेटलाईफ नेपाल, प्रायोजक साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., काठमाण्डौँ, को–स्पोन्सर आरएसडिसी लघुवित्त वित्तीय संस्था लि., बुटवल–१०, कालिकानगर, रुपन्देही र सपोर्टर संस्था फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि., काठमाण्डौँ रहेका थिए।
सम्मेलनमा विज्ञान प्रदर्शनी प्रतियोगिता समेत भएको थियो। १५ वटा विद्यालयमध्ये १२ वटा विद्यालयले सहभागी भएर प्रतियोगिता सम्पन्न गरिएको थियो ।

प्रतियोगितामा मुल्याङ्कन समितिको आधारमा प्रकाशित नतिजाअनुसार, तेस्रो स्थान श्री जलधर कमलदेव नमुना माध्यमिक विद्यालय, ब्रह्मपुरी–०१; दोस्रो स्थान पब्लिक माध्यमिक विद्यालय, मलंगवा–०२; र पहिलो स्थान राम गुलाम जनता माध्यमिक विद्यालय, मलंगवा–०५, भाडसरले प्राप्त गरेको थियो । विजेताहरूलाई शिल्ड, मेडल र माया चिन्ह कप प्रदान गरिएको थियो ।
यसै अवसरमा चमेली संस्थाले तीन शून्य क्लब उत्कृष्ट सदस्य पुरस्कार वितरण पनि गरेको थियो श्री वेनीभोला नमुना माध्यमिक विद्यालय, गौडैता–०८ का कक्षा ९ का अध्ययनरत विद्यार्थी वेद प्रकाश झा लाई तीन शून्य क्लब उत्कृष्ट सदस्यको रूपमा पुरस्कार प्रदान गरिएको छ।
सहभागी सम्पूर्ण विद्यालयहरूलाई प्रशंसा पत्र र डस्टबिन वितरण गरिएको थियो । विद्यार्थी र अतिथिहरूलाई प्रत्येकलाई अमला, तेजपात र ज्याकरण्डा गरी कुल १५०० बिरुवा वितरण गरियो। साथै ४०० विद्यार्थीहरूलाई ४०० वटा टि–सर्ट पनि वितरण गरियो। धन्यवाद ज्ञापन प्रमुख कार्यकारी अधिकृतद्वारा व्यक्त गरियो र कार्यक्रम अध्यक्षद्वारा समापन गरियो। कार्यक्रमको संचालक चमेली बचत तथा ऋण सहकारी संस्था लि. का सामाजिक तथा उद्यमशीलता अधिकृत श्री कमलेश्वर प्रसाद साह थिए।
कार्यक्रम भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न भएको थियो, जसले तीन शून्य क्लब अभियानका लक्ष्यहरू, विशेषतः युवाहरूमा शून्य गरिवी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनका लक्ष्यलाई अझ सशक्त बनाएको छ।
विश्वमा बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रम निरन्तर उकालो लागिरहेको छ। कोभिड–१९ महामारीको दीर्घकालीन प्रभाव तथा विश्वव्यापी आर्थिक मन्दीले गरीबी र बेरोजगारी झनै जटिल बन्दै गएको वर्तमान परिस्थितिमा स्वदेशमै अवसर सिर्जना र युवाहरूको विदेश–पलायन घटाउनु अत्यावश्यक रहेको छ। यिनै चुनौतीलाई सम्बोधन गर्दै बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता प्रो. मोहम्मद यूनुसज्यूको नेतृत्वमा “शून्य शुद्ध कार्बन उत्सर्जन”, “गरीबी अन्त्यका लागि शून्य धन–केन्द्रिकरण” र “उद्यमशीलता प्रवद्र्धनमार्फत शून्य बेरोजगारी” प्राप्त गर्ने लक्ष्यसहित तीन शून्य क्लब अभियान सञ्चालन हुँदै आएको छ।
चमेली बचत तथा ऋण सहकारी संस्था लि., सर्लाहीले यस अवधारणा अन्तर्गत जिल्लाका विभिन्न ३० वटा विद्यालय तथा कलेजहरूमा हालसम्म १ हजार ४ सय ५ वटा तीन शून्य क्लब गठन गरिसकेको छ । यी क्लबहरूमा जम्मा ७०२५ सदस्यहरू आबद्ध छन्। यसै वर्ष ढाका, बङ्गलादेशमा सम्पन्न स्कुल बिजनेस डे” कार्यक्रममा विश्वभरका संस्थामध्ये बेस्ट थ्रि जिरो क्लब सपोर्ट ओरग्यानिजेशन अवार्ड प्राप्त गरी अन्तर्राष्ट्रिय स्तरमा संस्थाको योगदान स्थापित भएको छ ।

कार्यक्रममा १५ वटा विद्यालयका ४०० जना विद्यार्थी र ३० जना शिक्षक प्रतिनीधिहरूको सहभागिता रहेको थियो। साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति सहित कुल ५०० भन्दा बढी व्यक्तिहरू उपस्थित थिए। कार्यक्रमको सभापति आदरणीय श्री लक्ष्मण साह कलवार, अध्यक्ष, चमेली बचत तथा ऋण सहकारी संस्था लि., प्रमुख अतिथि मधेश प्रदेश सरकारका पूर्व श्रम तथा यातायात मन्त्री, सर्लाही क्षेत्र नं.२ख बाट निर्वाचित प्रदेश सभा सदस्य श्री कौशल किशोर राय हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा स्वालम्बन विकास केन्द्र, काठमाण्डौँका प्रमुख कार्यकारी अधिकृत श्री वेचन गिरी, नेपाल तीन शून्य क्लब राष्ट्र संयोजक तथा जीवन विकास लघुवित्त कटहरी विराटनगरका नायव प्रमुख कार्यकारी अधिकृत श्री दामोदर रेग्मी, मलंगवा नगरपालिका–९ का वडा अध्यक्ष श्री चन्देश्वर राय तथा जिल्ला बचत संघका अध्यक्ष श्री मन्दिरा आर्चायको उपस्थिति रहेको थियो । प्रमुख प्रायोजकबाट मेटलाईफ नेपालका असिस्टेन्ट म्यानेजर निराजन बुढाथोकी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. वर्दिवास शाखाका शाखा प्रबन्धक श्री राज कुमार यादव, र को–स्पोन्सर आरएसडिसी लघुवित्त वित्तीय संस्था लि. वर्दिवास शाखाका शाखा प्रमुख श्री महेश कुर्मी उपस्थित थिए ।

स्वागत मन्तव्य तथा तीन शून्य क्लबको परिचय र प्रगति प्रस्तुती चमेली बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत श्री भरत साह द्वारा प्रस्तुत गरियो। सम्मेलनमा तीन शून्य क्लबका तीन वटा सेसन (शून्य गरिवी, शून्य बेरोजगारी, शून्य कार्बन उत्सर्जन) संचालन गरी विविध छलफलहरू सम्पन्न गरियो। कार्यक्रममा लागू औषध दुरुपयोग निवारणसम्बन्धी नाट्य प्रस्तुती जनकपुरधामबाट ओम शान्ति सेन्टर, मिथिला वाटिका टीमले प्रस्तुत गरियो। डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण श्री प्रकाश मैनालीद्वारा सम्पन्न भयो। कार्यक्रममा संस्थाको २२औँ वार्षिक साधारण सभा तथा रजत स्मारिका २०८२ पुस्तक अनावरण विधार्थीहरूले गरे। यसैगरी “जाग लम्क चम्क है नव जवान हो” नृत्य प्रस्तुती ब्रह्मपुरी–०१, जलधर कमलदेव नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरे।



