ब्रह्म्पुरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालन

सर्लाही,२६ मंसिर । सर्लाहीको ब्रह्म्पुरी गाउँपालिका वडा नं२ स्थित ब्रह्म्पुरीको धरमपुरमा रहेको स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालन भएको छ । बर्थिङ्ग सेन्टरको उद्घाटन मधेश प्रदेशका बिना बिभागिय मन्त्री जंगिलाल रायले गर्नुभयो ।शुक्रवार ब्रह्म्पुरी गाउँपालिकाको आयोजना तथा गाउँपालिका अध्यक्ष राम पदारथ साह तेलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

ब्रह्म्पुरी वडा नं १,२,३ लगायत सम्पूर्ण सेवाग्राहीहरु यो बर्थिङ्ग सेन्टरमा सेवा लिन सक्ने स्वास्थ्य चौकीका प्रमुख राम केवल रायले बताउनुभयो ।
वडा नं १ र २ मा ५५ प्रतिशत महिला परम्परागत घरमै बच्चा पाउने गरेको छ यो दुख लाग्दो तथ्यांक भएको उहाले बताउनुभयो ।
बर्थिङ्ग सेन्टर संचालन पछि घरमै प्रसुती गराउने महिला संख्या घटने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन्नजय प्रसाद दासले बताउनुभयो ।
ब्रह्म्पुरी गाउँपालिकाले अब बर्थिङ्ग सेन्टर मार्फत मातृ मृत्युदर र शिशु मृत्युदर घटाउने भएको छ।
आर्थिक वर्ष ८०/८१ मा नौकैल्वा बर्थिङ्ग सेन्टरमा १ सय प्रतिशतमा ८ प्रतिशत डिलेभरी भएको थियो ।
मधेश प्रदेशका बिना बिभागिय मन्त्री रायले जग्गा उपलब्ध भए आफुले ब्रह्म्पुरीमा १५ शैयाको अस्पताल संचालन गर्न बजेट विनियोजन गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति डा. सरोज यादवले मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन समुदायमै जनचेतना आवश्यक भएको बताउनुभयो ।आफु पनि पहिला चिकित्सा पेशा भएको हुदा ब्रह्म्पुरीको यो बर्थिङ्ग सेन्टर सेवा सुविधाले भरिपुर्ण भएको उहाले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव मनोज यादव,वडा अध्ययक्षहरु निरंजन प्रसाद, शंकर साह, गौतम यादव, श्यामबाबु साह, नवीन यादव, हिरेन्द्र यादव, राम सागर महतो, स्वास्थ्यकर्मीहरु, लगायत स्थानियको उपस्थिति रहेको थियो ।



