२६ मंसिर २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सरकार र जेनजीबीच भएको सम्झौतापत्र कमन जेनजीका अध्यक्ष विकेश साहले च्यातेर विरोध गरे – Nigrani Today
Uncategorized

सरकार र जेनजीबीच भएको सम्झौतापत्र कमन जेनजीका अध्यक्ष विकेश साहले च्यातेर विरोध गरे

काठमाडौं, २५ मंसिर ।जेनजी आन्दोलनबारेमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीचमा भएको सम्झौता कमन जेनजी नेपाल अस्वीकार गरेको छ ।

सरकारद्वारा हालै प्रस्तुत गरिएको सम्झौतापत्रले जेनजी जनआन्दोलनको वास्तविक मर्म, मुद्दा र जनआवाजलाई पूर्ण रूपमा वेवास्ता गरेको कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले जनाएका छन् ।

‘फेक आईडीबाट बनेको सुशीला सरकारले अझै पनि आफ्नै निर्देशनमा चल्ने फेक जेनजीहरूलाई राखी गरेको समझौता मान्य छैन । देशव्यापी रूपमा उभिएको परिवर्तनको चाहना, युवाहरूको बलिदान र जनताको भरोसालाई कमजोर बनाउने यस्तो समझौताप्रति कमन जेनजी नेपाल कडा विरोध गर्दछ,’ अध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सरकारले देशको राजनीतिक संकट समाधान गर्न आवश्यक मूल प्रश्नहरूलाई सम्बोधन गर्न असफल भएको कमन जेनजीले जनाएको छ । निकास दिलाउन असफल सुशीला सरकारले बाहिरी शक्तिको निर्देशनमा निर्वाचन गराउनु जेनजी आन्दोलनप्रतिको धोखा भएको कमन जेनजीले जनाएको छ ।

जेनजी आन्दोलनको मागलाई प्रत्यक्ष सम्बोधन नगर्ने, भ्रष्टाचारी र हत्यारालाई उन्मुक्ति दिने र युवाहरूको बलिदानमाथि अवहेलना गर्ने कुनै पनि गतिविधि आफूहरुलाई अस्वीकार्य रहेको साहले जनाएका छन् ।

साथै आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कमन जेनजी नेपालका अध्यक्ष साह सहितका जेनजी अगुवाहरुले सो सम्झौताको प्रतिलिपि च्यातेका छन् ।

जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनकारीलाई धरपकड बन्द गर्नुपर्ने र पक्राउ परेकालाई रिहाई गर्नुपर्ने लगायतका माग गर्दै कमन जेनजी नेपालले शुक्रबार बीरगंजमा खबरदारी बाइक र्यालीको आयोजना गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button